Websoft University

सयुक्त बाम युवा भेला बिराटनगरमा सम्पन्न


बिराटनगर मंसिर १६ गते । रातो तारा डट कम,
सयुक्त बाम युवा परिचालन कमिटी मोरग क्षेत्र नम्वर ख ले आज बिराटनगरमा सयुक्त बाम युवा भेला गरायो ।

सामाजिक एकता र आर्थिक समृद्घिको आधार बामहरुको बलियो सरकार भन्ने नाराका साथ क्षेत्र नम्वर ६ बठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबाबु पण्डित ६ क का उम्मेदवार जीवन आचार्य क्षेत्र नम्वर ६ २ ख का उम्मेदवार क रमेश प्रसाद पोखरेल, क्षेत्र नम्वर ४का प्रतिनिधि सभा सदस्य उम्मेदवार जीवन घिमिरे,र समानुपातिक तर्फका उम्मेदवारहरु समेतको उपस्थित कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्षेत्र नम्वर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले प्रमुख अतिथिको आसन बाट युवाहरुलाई सम्वोधन गर्दै बिराटनगरको समग्रह बिकास, १ नम्वर प्रदेशको राजधानी बिराटनगर युवाहरुको दाइत्व जस्ता बिषयमा बाल्दै मंसिर २१ गते हुने निर्वाचनमा ध्यान केन्द्रित गर्न युवाहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रमका अतिथि तथा क्षेत्र नम्वर ४ का उम्मेदवार जीवन घिमिरे, क्षेत्र नम्वर ६ २ ख का उम्मेदवार रमेश प्रसाद पोखरेल,लगाएत उपस्थित उम्मेदवारहरुले सकृय भएर आफना ठाउ बाट सहयोग पुग्ने गरी काम बाम गठबन्धनका उम्मेदवारहरुलाई जीताउने गरी आफना मतदाता हरुलाई मतदाता शिक्षा आफना ठाउहरुमा सन्चालन  गर्न अनुरोध गर्नु भयो ।

त्यसैगरी नेकपा एमाले प्रदेश कमिटी इन्चार्ज तथा क्षेत्र नम्वर ६ ख को चुनाव प्रचारप्रसार समिति संयोजक मणी दाहालले आफनो कुरा राख्दै रातो तारा डट कम,का सम्पादक संग भन्नु भयो अहिले ६ क्षेत्रलाई २० शाखामा २६ केन्द्रमा बिभाजन गरिएकोछ, र हरेक वडामा ४ जनाका दरले मतदाता शिक्षा परिचलकहरु खटाइएको बताउनु भयो ।

गत स्थानिय निर्वाचनलाई मध्येनजर गर्दै, आफना कार्यकर्ताहरुलाई मतदाता शिक्षामा केन्द्रित गरेर परिचालन गरिएकाले मतदान गर्दा सुर्य हसिय हतौडा, मा लगाइने छाप सहिठाउ पर्ने र बाम गठबन्धनका उम्मेदवारहरुले सजिलै बिजय गर्ने दाबी गर्नु
भयो ।

कार्यक्रममा सयुक्त बाम युवा परिचालन कमिटीका बिभिन्न तहका युवा कार्यकर्ताहरुले भेला लाई सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा सयुक्ता बाम युवाहरुका तर्फबाट मुकेश बुडाथोकीले सम्वोनध गर्नु भएको थियो भने स्वागत मन्त्व्य बिरानगर ६ का वडा अध्यक्ष बिजय कामतले गरेका थिए ।

कार्याक्रमको सभापतित्व क्षेत्र नम्वर ६ ख का युवा संयोजक तथा युवा संघ मोरगका जिल्ला सदस्य किरण लामाले गर्नु भएको थियो भने कार्यक्रम संन्चालन युवा नेता रोहित कोइरालाले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.