Websoft University

वाम–गठवन्धनका उम्मेदवारहरुलाई लक्षित बंम विस्फोट


तेह्रथुम, मंसिर १६ गते । रातो तारा डट कम,
चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका वाम–गठवन्धनका उम्मेदवारहरुलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिममा शनिबार मध्यान्ह बम विस्फोट भएको छ ।

शुक्रबारे बजारमा संयुक्त वाम–गठवन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले पोलिट व्युरो सदस्य तथा समानुपातिक उम्मेदवार डा. विजय सुव्बा, माओवादी केन्द्रकी नेतृ तथा समानुपातिक उम्मेदवार सुशिला कन्दङवा, माअाेवादी समानुपातिक उम्मेदवार हाेमकुमारी खापुङ, नेपाल परिवार दलका केन्द्रीय सदस्य राम लिम्बु लगायत नेताहरु चढेको गाडीमा बम विष्फोट भएको हो ।

तेह्रथुम र धनकुटाको सीमा तेलिया खोला नजिकै आङ्दिममा बम विष्फोट भएको घटना स्थलबाट प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिनुभयो । विस्फोटमा परी मे १ ज २०२ नम्वरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको छ ।

तर गाडीमा सवार नेता कार्यकर्ता भने सकुसल रहेको प्रहरीले जनाएको छ । सडकमा माटोले पुरेर राखेको बम पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । बम राख्नेको पहिचान हुन नसकेको र खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताउनुभएको गुराँस न्युजमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.