Websoft University

सुकुम्बासी समस्या समाधान गर्ने बचन दिए, तर जितेका नेताले ध्यान चै दिएनन्


काठमाडौं, पुस २१ गते । रातो तारा डट कम,
उदयपुर जिल्लाको कान्छो नगरपालिका वेलकामा रहेका सुकुम्बासीहरुले आफ्नो समस्याको समाधान नभएको भन्दै गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन पूर्व सबै दलले सुकुम्बासी समस्या समाधान गर्ने बचन दिए पनि अहिले त्यसतर्फ ध्यान नदिएको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।

जनप्रतिनिधिहरुले निर्वाचन अघि गरेको बाचा पुरा गर्न कटिवद्ध नदेखिएको वेलका नगरपालिका–९ स्थायी घर भएका फक्तबहादुर राईले बताए । ‘संविधान बनेसँगै लालपुर्जा पाउछौं कि भन्ने आश थियो’ स्थानीय राइले भने– ‘स्थानीय तह निर्वाचनमा उम्मेद्वार बनेका सबैले समस्या समाधान गर्ने बचन दिएका थिए तर चुनाव जिते पछि वास्तै गरेनन् ।’

वेलका–९ को टापु भन्ने गाउँमा बसोवास गर्ने हरिसिंह वि।क।को पीडा पनि उस्तै छ । सुकुम्बासी समस्या समाधान गर्ने भने पछि धेरै खुसी लागेको स्मरण गर्दै वि.क.ले आर्थिकन्यूजसँग भने– ‘सुकुम्बासी समस्या समाधान गर्छु भन्ने त उनीहरुको गफ मात्रै रहेछ ।’

राई र वि.क. त प्रतिनिधि पात्र मात्रै हुन् वेलका नगरपालिका–९ का करिब आधा जनसंख्या सुकुम्बासी समस्याबाट पीडित छन् । नगरपालिका प्रमुख दुर्गाकुमार थापाले सुकुम्वासी समस्या समाधानकालागि आफू सकरात्मक भएको बताए ।

स्थानीय तह निर्वाचनमा वेलका नगरपालिकाको मेयर पदका प्रतिष्पर्धी माओवादी नेता रमन भट्टराईले आफ्नो घोषणा पत्रमा प्रमुख मुद्धा नै यहि बनाएका थिए । आफूले निर्वाचन नजिते पनि सदैव वेलका वासीको सहयोगमा लागि पर्ने माओवादी नेता भट्टराईले प्रतिक्रिया दिएका छन् ।

‘वेलका नगरपालिकाको सुकुम्वासी समस्या समाधानका लागि मैले पूर्व प्रधानमन्त्री प्रचण्डसँग पनि कुरा गरेको छु’ आर्थिक न्यूजसँगको कुराकानीमा भट्टराईले भने– ‘म स्थानीय सरकारमा नरहे पनि यो समस्या समाधानमालागि लागिरहेको छु ।’ नगर प्रमुख थापा पनि यस विषयमा सकरात्मक रहेको भन्दै भट्टराईले सुकुम्बासी समस्या समाधान गर्न सबै एक हुनु पर्ने बताए । (अनलाइन बाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.