शिव भट्टराई - माघ ११ गते । रातो तारा डट कम,विश्वकै होचो कलाकारको रुपमा चिनिने स्वर्गीय दिपेन साहको उचाई ३१ इन्चको थियो। तर अहिले मोरंगको सुन्दरहरैंचामा २० वर्षिया युवती नै विश्वकै होची युवतीकी रुपमा भेटेकी छिन । मालती मरर (ऋषिदेव) नाम गरेकी युवतीको उचाई ३२ इन्च मात्र छ।
घरको पारिवारिक अवस्था नाजुभएकारण पिता रमेश मरर (ऋषिदेव) गछिया खोलाको गिट्टी कुटेर जिविका चलाउछन।गरिवी र आर्थिक अवस्थाले पिल्सिएको मरर (ऋषिदेव) परिवार सुन्दरहरैंचाको वडा न. ४ बडहरा खागटोलिको डम्फिन साइडमा एक झुप्रो घरमा जिवन गुजारा गरिरहेका छन् । आफनो छोरी होची भएकैकारण र सानैमा हिडडुल गर्न नसकेकोले विधालयमा पढाउन नसकेको दुखेसो सुनाए। आर्थिक अवस्था कमजोर बनेको मरर (ऋषिदेव) परिवारले मालतीको नेपाली नागरिकता बनाउन वडा कार्यालयमा सिफारिस लिन जादा जन्मसिद्धको आधारमा नदिएको समेत दुखेसो पोखे।
त्यस वडाका वडाप्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार रमेशले छोरी लिएर नागरिकता बनाउन सिफारिस लिन जादा १८ वर्ष पुगेको तर होची र सानै भएको कारणले वडासचिव संग सल्लाह गर्दा जिल्ला प्रशासनमा सिफारिस पठाऊदा जन्मसिद्धको नागरिकता नपाउने बताए। साथै आर्थिक अभावका कारण पालन पोषण गर्न समस्या भएको र उपचार खर्च रकम नभएको हुँदा आफुले सहयोग गर्ने र नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय बिराटनगरमा समेत पहल गर्ने बताए । यसको लागि उनी नेपाल या विश्वकै होची युवती हुन सक्ने हुँदा, रातो तारा का प्रतिनिधि सग कुरा गर्दै, भने अरू संचारकर्मीहरु संग पहल गरि दिन समेत अनुरोध गरे।
Post a Comment