Websoft University

लोकल सिनेमको पहिलो प्रस्तुति ‘कथा ७२’ को टिजर रिलिज


काठमाडौं, माघ ८, गते । रातो तारा डट कम,२०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’ फस्ट लुक सार्वजनिक भएको छ । प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेको चलचित्रको युट्युवमा टिजर रिलिज गर्दै फस्ट लुक्स सार्वजनिक भएको प्रेस विज्ञप्ति मार्फत रातो तारालाइ
जानकारी गराइएको हो ।

लोकल सिनेमा प्रा।लिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको ‘कथा ७२’  आउँदो वर्ष २०७५ को वैशाखमा प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् ।

‘कथा ७२’ को १ मिनेट ५८ सेकेन्डको टिजरमा सिन्धुपाल्चोक प्रशिद्ध उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरु समेटिएका छन् । मानवीय यात्रामा भूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ । टिजरसंगै चलचित्रको पहिलो पोस्टर पनि सार्वजनिक गरिएको छ ।

यसै चलचित्रबाट निर्देशक प्रवीण स्याङबो पाँच वर्षपछि दर्शकहरु माझ आउँदैछन् । यो उनको दोस्रो चलचित्र हो, यसअघि प्रवीणले २०६९ मा ‘अध्याय’ निर्देशन गरेका थिए ।

त्यस्तै मुख्य भूमिकामा रहेका अभिनेता आकाश मगर पनि केही वर्षको अन्तरालपछि यस चलचित्रबाट दर्शकहरु माझ आउँदै छन् । चलचित्रमा आकाशसँगै सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको छ ।

मौलिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अभियानका साथ लोकल सिनेमाले आफ्नो पहिलो प्रस्तुतिको रुपमा ‘कथा ७२’ प्रदर्शनमा ल्याउने तयारी गरेको हो । ‘कथा ७२’को आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्माता रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.