Websoft University

लोपोन्मुख संस्कृतिको संरक्षणमा शिवशक्ति समुह


अनिल बराल , बेलबारी- पुस १९ गते । रातो तारा  डट कम,
नेपालमा मानिदै आएका कतिपय मौलिक संस्कृतिहरु लोपोन्मुख अवस्थामा रहेका छन । आधुनिक समय संगसंगै हाम्रा मौलिक संस्कृतिहरु हराउदै जाने र पश्चिमेली संस्कृतिको प्रभाव बढी पर्न थालेको छ । एकाध ठाउँमा बाहेक मौलिक संस्कृतिको संरक्षण संबर्धन गर्ने प्रयासहरु खासै भएका देखिदैनन् ।

पुर्वमै लोप हुन लागेको संस्कृतिको संरक्षण गर्न मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको एउटा समुह भने लागिपरेको छ । बाबुबाजेका पालामा संस्कृति अनुरुप मानिआएका पुरुषहरुले गाउने खैजडु र बालन त्यस्तै महिलाहरुले गाउने संगिनी जस्ता लोपोन्मुख अवस्थामा रहेका परम्परालाई संरक्षण गरी समाजमा देखिएका बिकृति बिसङ्गतिहरुलाई अन्त्य गर्दै मानविय हितका कार्यमा मार्गनिर्देशन गर्ने उद्देश्यका साथ श्री शिवशक्ती बालन समुह अहिले सकृय रहेको छ ।

सुन्दरहरैचा नगरपालिका ८, ११ र १२ वडाका गरी जम्मा १८ जना सदस्य रहेको उक्त समुह अहिले सुन्दरहरैचा नगरपालिकामा दर्ता हुने प्रकृयामा रहेको छ । उक्त समुहले मासिक रुपमा प्रति सदस्य रु १०० बचत गरी समुहमा रहेका कुनै सदस्यलाई आर्थिक संकट परेको खण्डमा आर्थिक सहयोग पनि गर्ने गरेको छ । हरेक १५÷१५ दिनमा समुहमा रहेका सदस्यका घरमा पुरुषहरुले खैजडु र बालन गाउने गर्दछन भने महिलाहरुले संगिनी गाउने गर्दछन । बिशेष चाडपर्बको अवसरमा उक्त समुहले सार्वजनिक स्थान वा मन्दिरमा साँस्कृतिक झाँकि सहित मौलिकता प्रस्तुत गर्ने गर्दछ । खैजडु, बालन र संगिनी बाबुबाजेका पालामा गाइदै आएको संस्कृति पुर्वबाटै लोप हुन लागेको समुहका सचिव केशव प्रसाद न्यौपानेले बताए ।

यसैबिच स्थापनाको १ बर्ष पुगेको अवसरमा उक्त समुहले पहिलो बार्षिक उत्सव मनाएको छ । २०७३ साल पौष १८ गते स्थापना भएको समुहले मंगलबार सुन्दरहरैचा ११ शुक्रबारेमा एक कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो । सो कार्यक्रममा ३ जना जेष्ठ नागरीकलाई सम्मान पनि गरीएको छ । सुन्दर हरैचा ११ की ८५ बर्षिय नन्द कुमारी अधिकारी, ८१ बर्षिय बालादेवी निरौला र ७८ बर्षिय दुर्गादेवि बराललाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा ११का वडाध्यक्ष बिशनलाल चौधरीले सम्मान गरेका थिए ।

पछिल्लो समय बिज्ञानको बिकास संगसंगै आधुनिक युगमा लोप हुनै लागेका हाम्रा मौलिक संस्कृतिको संरक्षण संबर्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरुले अवस्य पनि सहयोग पुर्याइरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.