Websoft University

झोलुङ्गे पुलको निर्माण तीव्र हुदै


म्याग्दी, पुस १८ गते । रातो तारा डट कम, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँ जोड्ने निर्माणाधीन झोलुङ्गे पुल निर्माणले तीव्र गति लिएको छ । तीन वर्ष अगाडि शिलान्यास गरिएको ३६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हुने भएको छ ।

पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका झोलुङ्गे पुल सम्पर्क व्यक्तिसमेत रहनुभएका असिस्टेन्ट सवइन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो पुलसम्पन्न भएमा अहिलेसम्मको तथ्याङ्कअनुसार नेपालकै लामो झोलुङ्गे पुल हुने बताइएको छ ।

 बेग र बाँदुक गाउँको बीचमा रहेको बेगखोलाको खोचमाथि निर्माण हुन लागेको सो पुल १४८ मिटरभन्दा बढी अग्लो हुने प्राविधिको अनुमान छ । जिल्ला समन्वय समितिको रु तीन करोड ३२ लाखको लागतमा निर्माण गर्न लागेको सो पुलको करिब ८५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

पुल निर्माणका लागि जिल्ला समन्वय समिति र स्थानीयवासीको रु ३६ लाख बराबरको लगानीमा दुवैतर्फबाट पहुँचमार्ग विस्तार गरिएको थियो । एक महिनाभित्रमा सम्पन्न हुने र यसबाट बाँदुकदेखि बेग गाउँ वारपारका लागि लाग्ने करिब तीन घण्टाको यात्रा ३० मिनेटमै छोटिनेछ ।

पुल निर्माणपश्चात् भुरुङ तातोपानी, दोवा, बाँदुक, बेग हुँदै धौलागिरि हुँदै पर्यटकीय रुइसे पुग्ने पदमार्गको समेत परिकल्पना गरिनुका साथै रघुगंगा गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयवासी दलप्रसाद तिलिजाले बताउनुभयो ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोला र तिप्याङबाट यस झोलुङ्गे पुलसम्म पुग्नका लागि सडक सञ्जालसमेत विस्तार भइसकेकाले मुस्ताङ जाने पर्यटकलाई समेत आकर्षित गर्ने र पर्यटक आगमन बढ्ने स्थानीयवासीको अपेक्षा छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.