Websoft University

मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ सम्बन्धी प्रदर्शनी


विराटनगर, पुस २३ गते । रातो तारा डट कम,
इनोभेटिभ घर नेपाल र युजआर्ट नेपालको आयोजनामा
‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ सम्बन्धी दुई दिने प्रर्दशनी विराटनगरमा सम्पन्न भएको छ ।

नेपालमा कला र प्रविधिको प्रभाव र सम्भाव्यतामा जोड दिने उद्देश्यका साथ विराटनगरको आरोहण गुरुकुलमा पुस २१ र २२ गते ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’को प्रदर्शनी गरिएको थियो ।

डिजिटल उत्पादन, इन्टरनेटसँग सम्बन्धित सामाग्री, कृत्रिम बौद्धिकता र रोबोटीक कलाको पृष्ठप्रकाशमा पछिल्ला प्राविधिक विकासले कसरी सम्भव भइरहेका छन् भन्ने उद्देश्यको प्रर्दशनी गरिएको इनोभेटिभ घर नेपालका अध्यक्ष विक्रान्त कार्कीले बताए ।

प्रर्दशनीमा १० वटा स्टलहरु रहेका थिए । दुई दिने प्रर्दशनीमा करिव ३ हजारले अवलोकन गरेको अध्यक्ष कार्कीको भनाई
छ । प्रर्दशनीसँगै आयोजकले हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा विकाश जोशीद्वारा निर्दे्शित प्रविधि नाटक ‘मिरा मिराज’ मञ्चन गरिएको छ । शुक्रबार र शनिबार दुई दिन आरोहण गुरुकुल नाटक घरमा मिरा मिराज मञ्चन गरिएको थियो ।

नाटकमा निशा कार्की, संगित सापकोटा, विजया कार्कीको अभिनय रहेको थियो । प्राविधिक फड्कोलाई सामाजिक उद्यमशीलता र दिगो विकासका निम्ति प्रयोग गर्ने तथा नेपाललाई उत्पादन परिकल्पना र औद्योगिक योजनाको एउटा हबको रूपमा विकास गर्न सहयोग गर्ने  र यस कार्यक्रमको नेतृत्व नेपालमा कला र प्रविधिको प्रभाव सम्भाव्यतामा जोड दिन प्रविधिको क्षेत्रमा नेतृत्व गरेर काम गरिरहेका केही उद्यमीहरू, केही अन्वषेकहरू र केही कलाकारहरूले गरिरहेका छन् ।  खबर पूर्वाञ्चलबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.