Websoft University

एनएस नलिएका ग्यास उद्योग बन्द हुने - ग्याँस बिक्रेताहरुले उपभोक्ता ठगीरहेकै छन, अब के को कमिश नि ?


काठमाडौँ, पुस २१ गते । रातो तारा डट कम नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) चिह्न नलिएर सञ्चालित भएका ग्यास उद्योगलाई सञ्चालन गर्न नदिन नेपाल आयल निगको मलाई रहेको छ । तर ग्यास बिक्रेताहरुले अहिले पनि उपभोक्ताहरुलाई ठगि गर्दै आएका छन ।

 उनिहरुले ग्यास सर्भिसको नाममा उपभाक्ता संग एक सिलिण्डर घरमा पुगाए वापत उनिहरुको कमिशन बाहेक उपभोक्ता सग रु ५० लिदै आएका छन, अनि के को फेरी बिक्रेहरुलाई कमिश चाहिएको हो, प्रष्ट भन्नु कुरा ल्याउनु परोनि ।

विभागले आज निगमलाई पत्राचार गरी नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार गत वर्षको कात्तिकमा तीन महिनाभित्र नेपाल गुणस्तर चिह्न लिएर सञ्चालन गर्न सूचना प्रकाशित गरेपनि हालसम्म सो सूचनाको कार्यान्वयन नगरेका उद्योगलाई कारबाही गर्न आग्रह गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड विपरीत सञ्चालन गर्दा असुरक्षित भई जनसाधारणलाई क्षति पुग्ने भएकाले अनिवार्य रुपमा एनएस चिह्न लिई सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

“एनएस प्रमाणपत्र प्राप्त उद्योगहरु मात्र सञ्चालन गर्न पाउने कानुनी प्रावधान छ, यसलाई पालना गर्नका लागि हामीले नेपाल आयल निगमलाई पत्राचार गरेका हौँ,”– उहाँले भन्नुभयो ।

विभागका अनुसार हालसम्म मनोज ग्यास वीरगन्ज, नेपाल ग्यास काठमाडौँ तथा श्रीकृष्ण ग्यास र साइबाबा ग्यास धादिङले मात्र गुणस्तर चिह्न प्राप्त गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.