Websoft University

किराती मोर्चामा पार्टी एकता र गोपाल किरातीबारे छलफल शुरू-एक नम्बर प्रदेशको नाम किरात राख्न संस्थागत पहलहुने


मोरङ, माघ ९ गते । रातो तारा डट कम,
नेकपा (माओवादी केन्द्र) सम्बद्ध किराती राष्ट्रिय
मुक्ति मोर्चाले पार्टी एकता र नेता गोपाल किरातीले प्रस्तुत गर्दै
आएको विचारबारे औपचारिक रूपमा बहस(छलफल) शुरूगरेको छ ।

निर्वाचनमा वाम गठबन्धनको सफलतापछि एमाले र
माओवादी केन्द्रवीच पार्टी एकताको बारे बहस निक्कै माथि पुगेको बेला माओवादी नेता गोपाल किरातीले भने माओवाद र पहिचानको मुद्धा छाडेर पार्टी एकता गर्न नहुने विचार राख्दै आएका छन ।

केन्द्रीय सचिवालय सदस्य समेत रहेका किरातीले माओवाद र पहिचान छाडेर एकता गरिए पार्टी पुनर गर्ने बताउदै आएका छन्  । यसै सन्दर्भमा नेता किरातीले पार्टीको आठौ राष्ट्रिय महाधिवेशनको माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र बुझाएर अधिवेशन नगरे आफ्नो समूहले गर्ने चेतावनी दिदै आएका छन्  ।

गोपाल किराती पार्टी सम्बद्ध किराती मोर्चाको संस्थापक
महासचिव हुन्  । संस्थापक नेता गोपाल किरातीले उठाउदै आएको विचार र पार्टी एकताको बारेमा मोर्चामा औचारिक रूपमा बहस शुरू भएको मोर्चाका महासचिव अर्जुन किरातीले बताए ।

सोमबार सुनसरीको इटहरीमा मोर्चाको १ नम्बर प्रदेश
स्तरीय भेला बोलाएर पार्टी एकता, गोपाल किरातीको विचार, प्रदेशको नामाकरण, प्रदेशको स्थायी राजधानी र संगठनको भावि कार्यदिशाबारे छलफल शुरू भएको महासचिव किरातीले बताए । भेलामा नेता किराती भने हुस्सुको कारण फ्लाइट क्यान्सल भएकोले उपस्थिति नभएको संगठनका उपाध्यक्ष तिलकप्रसाद राईले बताए ।

भेलामा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधिसभा
सदस्य शुरेसकुमार राई (हिमाल), पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राई(पासाङ) लगायतको उपस्थिति रहेको थियो  ।

भेलामा प्रदेशमा उपलब्ध पदाधिकारीहरू, सल्लाहाकार र
सदस्यहरूको उपस्थिति रहेको संगठनले जनाएको छ । भेलामा हल्लाहाकारहरू चिराहाङ्ग राई, भक्तशेर राई, आर.के.कोयू,केन्द्रीय सदस्यहरू नवीन राई, केदार राई, धनकुमारी राई, उमा राई लगायतले बोलेका थिए ।

भेलामा उपस्थित बक्ताहरूले पार्टी एकतामा पहिचानको
मुद्धा छोडिनु नहुने, संस्थापक नेता गोपाल किरातीलाई पार्टी
भित्रै अन्तर संघर्ष गर्न सुझाव दिएका छन् । १ नम्बर प्रदेशको
नाम किरात राख्न संस्थागत पहल गर्ने र स्थायी राजधानीबारे थप छलफलपछि मोर्चा निर्णयमा पुग्ने मोर्चाका अर्का उपाध्यक्ष राकेश किरातीले बताए ।

एक नम्बर प्रदेशको छलफलपछि ३ नम्बरमा उपलब्ध
केन्द्रीय सदस्यसम्मको उपस्थितमा सुझाव संकलनपछि बस्नेत
केन्द्रीय बैठकले पार्टी एकता, गोपाल किरातीको विचार लगायतका बिषयमा निर्णयमा पुग्ने महासचिव अर्जुन किरातीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.