Websoft University

न्युरोमा सय बर्षकी वृद्धाको सफल उपचार


विराटनगर, माघ १० गते । रातो तारा डट कम,विराटनगरमा रहेको न्यूरो अस्पतालले सय बर्षकी वृद्धाको सफल उपचार गरेको छ ।
पक्षघातका कारण अस्पताल भर्ना भएकी बेलवारीकी एकसय बर्षिय वृद्धा फीबरानी राईको सफल उपचार गरेको हो । गत शनिवार अस्पताल भर्ना भएकी बेलवारी कुसुमगौडाकी राईलाई गम्भिर पक्षघात भएको थियो ।

अस्पतालले पक्षघातकी विरामी राईको सफल उपचार गरेको बरिष्ठ न्यरोलोजिष्ट डा. विरेन्द्रकुमार विष्टले जानकारी दिए । ‘अस्पताल आउँदा सरिरको आधा भाग चल्दैन थियो । बोली पनि बुझिदैन थियो ।’ डा. विष्टले भने ‘समयमै उपचार गर्न ल्याएका कारण सामान्य अवस्थामा ल्याउन सहज भयो ।’

डा. बिष्टका अनुसार पक्षघात(प्यारालाइसिस) भएको ३ देखि १० घण्टा भित्र विरामीले सही उपचार पाए सामान्य अवस्थामा फर्कन सक्छ । ‘पक्षघात भन्ने वितिकै निको नहुने रोग भन्ने गर्छन ’ विष्टले भने ‘ समयमा नै सहि उपचार पाउने हो भने जस्तो सुकै पक्षघात भएपनि रिकभर हुन्छ। 
एकसय बर्षिय वृद्धाको अवस्थामा पनि त्यही भएको उनको भनाई छ । ‘तीन घण्टा भित्र उहाँहरुले अस्पताल ल्याउनु भएको थियो ।’ उनले भने चारदिन पछि घर जादै हुनुहुन्छ ।’
समयमा नै उपचार पाउँदा जस्तो पक्षघातको पनि उपचार गर्न सम्भाव रहेको इन्टरभेन्सनल न्यरोलोजिष्ट डा. समर्थ सिंहले बताए ।
एक सय बर्षको उमेरमापनि उपचार पाए प्यारालाइसिस ठिक हुन्छ भन्ने उदारण प्रस्तुत गरेको उनको भनाई छ ।

‘हाम्रो उदेश्य जुनसुकै उमेरमा समुहमा पक्षघात हुँदा समयम नै उपचार पाए निको हुन्छ भन्ने हो ।’ उनी भन्छन ‘ जनचेतना नभएका कारण मानिस उपचारकालागि आउदैनन् ।’

टाउको तथा मुटुको उपचार केन्द्रीत न्यूरो अस्पतालले हाडजोर्नी सम्बन्धी उपचारमा सामान्य हाड जोडने देखि जोर्नी प्रत्यारोपन सम्मको सेवा प्रदान गर्दै आएको अस्पतालको दावि छ । अस्पतालले नेपालमै पहिलो पटक इन्टरभेन्सनल न्यूरोलोजी सेवा समेत सुरु गरेको बरिष्ठ न्यूरालोजिष्ट डा. विष्टले जानकारी दिए । (खबर पुर्वान्चल बाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.