Websoft University

हलेसीका आगलागी पीडितलाई न्यानो कपडा

(फायल फोटो)
खोटाङ, पुस २३ गते । रातो तारा डट कम,
लोक नेपाल नामक संस्थाले खोटाङको हलेसीका आगलागीपीडित परिवारलाई ओढ्ने र लगाउने कपडा उपलब्ध गराएको छ ।

मंगलबार राति भएको आगलागीमा घरसहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दासलगायतका पीडितलाई लोक नेपालले रु ७८ हजार ९०० मूल्य बराबरको फाइबर सिरक, टिसर्ट, मिनीकोट र ट्राउजर उपलब्ध गराएको हो ।

लोक नेपालका अध्यक्ष धनबहादुर राई र कोषाध्यक्ष ज्ञानेन्द्रकुमार राईले अग्निपीडितले पाउनेगरी शुक्रबार काठमाडौँमा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राईलाई फाइबरका १६ थान सिरक, ३९ थान टिसर्ट, १९ थान मिनीकोट र बच्चाका लागि २५ थान ट्राउजर प्रदान गरेको छ ।

विस्थापित भएपछि टहरामा कष्टकर दिन बिताइरहेका पीडितको सहज जीवनयापनका लागि ओढ्ने र लगाउने कपडा प्रदान गरिएको लोक नेपालले जनाएको छ ।

आगलागीबाट विस्थापित भएपछि टहरामा बसिरहेका पीडितलाई शुभेच्छुकबाट राहत जुट्नेक्रम जारी छ । अग्निपीडितको पुनःस्थापनाका लागि हलेसी तुवाचुङ नगरपालिकाको अगुवाइमा बुधबारदेखि राहत संकलन शुरु गरिएको छ ।

आगलागीपीडितको सहयोगार्थ काठमाडौँमा पनि राहत संकलन भइरहेको नगरपालिकाले जनाएको छ । अग्निपीडित परिवार शेर गण मुढे ब्यारेकका नेपाली सेना र सशस्त्र प्रहरी बल, हलेसी गुल्मका सशस्त्र प्रहरीले बनाइदिएको अस्थायी टहरामा बसिरहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.