पथरी, पुस २१ गते । रातो तारा डट कम,
मोरङको केराबारीमा धार्मिक तथा ऐतिहासिक मच्छिन्द्र मेला आजबाट सञ्चालनमा आएको छ ।
केराबारी गाउँपालीका प्रमुख रोहितवहादुर कार्कीले उदघाटन गरेको मेला पुस २५ गतेसम्म सञ्चालन हुने छ । मेला उद्घाटन गर्नु पूर्व स्थानीय जात जातिहरुको सास्कृतिक झाँकीहरुले केराबारी वजारको परिक्रमा गरेको थियो । राईको चण्डि लिम्बूको ढोल नाच तथा च्याब्रुङ सहित विभिन्न भजन किर्तन समुहका टोलीहरुले भर्जन किर्तन गाउदै र्यालीमा सहभागि भएका थिए ।
मेला आयोजक समितिका अध्यक्ष भवानी लिम्बुको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनीधि जन प्रतिनीधि तथा राजनीतिक दलका प्रतिनीधिहरुले मच्छिन्द्र मेला ढिलै भएपनि संञ्चालनमा आउनु केराबारीको लागि सुखद भएको भन्दै यसलाई निरन्तरता दिन सवै क्षेत्रका वुद्धिजीविहरु लाग्नु पर्ने औल्याएका छन् ।
मेलामा २ सय भन्दा वढी विभिन्न स्टलहरु राखिएका छन् । ५ दिनसम्म लाग्ने सो मेलालाई सभ्य र भव्य वनाउन स्थानीय कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रम तथा म्याराथुन दौड,टेवलटेनिस,व्याडमिन्टन,भजनकिर्तन प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
धार्मिक तथा सास्कृतिक महत्व बोकेको सो मेला परापूर्वकालदेखि संञ्चालनमा आएको भन्दै मेलाको संरक्षण सर्वद्धन र व्यापार प्रर्वद्धन गर्ने उदेश्यले मेला संञ्चालनमा आएसंगै स्थानीय व्यापारी व्यवसायीहरु खुशी भएका छन् ।
झण्डै २० वर्षपछि केराबारी व्यापार प्रवन्ध समितिको आयोजनामा गत वर्षदेखि मेलाको सुरुवात भएसंगै यसले निरन्तरता पाएकोमा खुशी व्यतm गर्दै आगमी दिनमा मेला लगाउने स्थान र जग्गावारे गाउपालिकाले पहल गर्नुपर्ने केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विकले जानकारी दिए ।
काठमान्डौ, २१ पुस र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उर्जाको विकास अपेक्षित रुपमा हुन नसकेको बताएकी छिन् ।
उर्जा उत्पादन सुरु भएको एक सय सात वर्षको इतिहासमा जम्मा ९ सय मेगावाट मात्र जलविद्युत उत्पादन भएको भन्दै राष्ट्रपति भण्डारीले सरकार, निजी क्षेत्र सबै एक भएर लाग्नु पर्ने बताएकी हुन् ।
आजदेखि काठमान्डौंमा शुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१८ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उर्जाको विकास नभएकाले समग्र मुलुकको विकास अपेक्षित हुन नसकेको बताएकी हुन् । उनले पर्याप्त जालस्रोतको अधिकतम सदुपयोग गर्दै उर्जा विकासमा लाग्न सरकार तथा सम्बद्ध पक्षसँग आह्वान गरेकी छिन् । हाइड्रो एक्स्पोले उर्जा विकासका लागि सहजीकरण गर्ने मार्ग पहिचान गरि समस्या समाधानमा योगदान पुग्ने राष्ट्रपतिको अपेक्षा छ ।
नेपालमा पहिलो पटक आयोजना भएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पोलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको विकासको सूचक उर्जा खपत भए पनि अवस्था निराशाजनक भएको बताइन् । जलविद्युतको विकासमा बाधक बनेको प्रशासनिक र कानुनी प्रकृया सहज बनाउन उनले सरकारसँग आग्रह गरिन् ।
नवीकरणीय उर्जाको विकासलाई उत्तिकै प्राथमिकतामा राख्नु पर्ने बताएकी राणाले निजी क्षेत्र जलविद्युत विकासमा प्रतिबद्ध रहेको बताइकी थिइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्माले देशमा अधिक मात्रामा रोजगारी श्रृजना गर्न उर्जा विकासलाई पहिलो प्राथमिकता दिनु पर्ने बताए । उर्जा विकासबाट तिब्र औधोगिकरण गरी विश्वमा उदाहरण प्रस्तुत गर्न सकिने उनको भनाई थियो ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ९इपान० र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा हाइड्रो एक्स्पो सुरु भएको हो । एक्स्पोलाई सम्बोधनगर्दै इपानका अध्यक्ष गुरागाईले राजनितिक दल, सरकार र सम्बन्ध पक्षले उर्जा विकासमा प्रतिबद्धता जनाउनु पर्ने बताए । उर्जा विकासमा प्रयोग हुने प्रविधि दशकौं पुरानो हुनुले लागत धेरै हुने तथा नतिजा राम्रो नआउने गरेको इपान अध्ष्यक्ष गुरागाईको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका आधुनिक प्रविधिलाई नेपालमा भित्र्याउनका लागि हाइड्रो एक्स्पोको आयोजना गरिएको उनको भनाई छ । यसले विभिन्न मुलुकसँग उर्जा उत्पादनका नयाँ प्रविधिको ज्ञान लिने अवसर श्रृजना गर्दै उर्जा विकासमा महत्वपुर्ण योगदान पुग्ने उनको भनाई छ ।
पुस २१ गतेदेखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने हाइड्रो एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहेका
छन् । जसमध्ये पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको
छ ।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता छ ।
सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने एक्स्पोको आयोजक एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । सबै नेपाली एक भएर जुटेको खण्डमा कम लागतमा अधिक उर्जा उत्पादन सम्भव रहेको उनको भनाई छ ।
(खबर पुर्वअन्चलबाट)
Post a Comment