अर्जुन जम्नेली राई-मोरङ, माघ ९ गते । रातो तारा डट कम,मोरङको पथरीशनिश्चरे नगरमा स्थापित शुभश्री इन्भेष्टमेन्ट कम्पनी प्रालीले आफ्नो आम्दानीको केही प्रतिशत सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् ।
पथरीमा बजारमा मुख्य कार्यालय रहेको कम्पनी छ महिना अघि मात्र स्थापित भएको हो । कम्पनीले मंगलबार पथरी—११ क्रिकेट क्लवलाई जर्सी वितरण गर्न आयोजित कार्यक्रममा सो घोषणा गरेको हो ।
कम्पनीले क्रिकेट क्लवका अध्यक्ष एन्जल राईलाई १५ हजार बराबरको जर्सी हस्तान्त्रण गरेको हो । शुभश्रीका प्रबन्धक कुमार बस्नेतले नाफाको कम्तिमा ५ प्रतिशत खेलकुद लगायतको सामाजिक सेवामा खर्च गर्ने निर्णय भएको बताए ।
कम्पनीको मार्केटिङ्ग म्यानेजर निलम बस्नेतले खेलकुद, असाहय परिवार, दैविक प्रकोपमा परेका व्यक्तिहरुलाई नाफाको ५ प्रतिशत वितरण गर्ने बताए । इन्भेष्टमेन्ट कम्पनी रामकुमार बुढाथोकी लगायतका पाँच जनाको लागिमा खुलेको प्रवन्धक बस्नेतले बताए ।
Post a Comment