Websoft University

जनजागरण आधारभूत विद्यालयले रजत जयन्ती मनाउने


युवराज ठकुरी/केराबारी,माघ ७ गते । रातो तारा डट कम,
केराबारी गाउँपालिका-७, मोरङमा अवस्थित जनजागरण आधारभूत विद्यालयले स्थापनाकालको २५वर्ष पुगेको अबसर पारेर रजत जयन्ती फागुन १४गते देखि विभिन्न कार्यक्रम गरि मनाउने भएको छ।

भौतिक पुर्वाधारका दृष्टिले नाजुक अवस्थामा रहेको उक्त विद्यालय  विभिन्न सघसंस्था तथा वैदेशिक रोजगारमा रहनुहुने व्यक्तिहरुबाट सहयोग जुट्न थालेपछि विस्तारै मुहार फेर्न थालेको विद्यालयका शिक्षक शोभा बास्तोलाले बताउनुभयो।

यस विद्यालयको २५औं वार्षिकोत्सब तथा
अविभावक दिवस (रजत महोत्सव ) फाल्गुन १४ गते परेकोले विभिन्न कार्यक्रम गरि  ४
दिन मनाउन २९ जनाको मुल समिति र विभिन्न उपसमिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक शेखर ढकालले बताउनुभयो।

महोत्सव सफल बनाउन संघ संस्था तथा दाता हरुबाट सहयोगको अपेक्षा राख्दै आर्थिक सहयोग सङ्कलन गर्न थालिएको प्र.अ ढकालले बताउनुभयो ।

  विद्यालयको दक्षिण पट्टिको भाग खुल्ला भएकाले विद्यार्थीहरु धेरै पटक लडेर
घाइते भइसकेका र खेल्ने खेल मैदान साँघुरो
भएकोेले उक्त घेरबारा गर्न तथा खेलमैदान बढाउन रजत महोत्सवले टेवा पुग्ने अाशा  गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.