Websoft University

विश्व भन्सार दिवश-रानी भन्सारमा अन्तकृया कार्याक्रम


बिराटनगर, माघ ११ गते । रातो तारा डट कम, जनवरी २६ अर्थात माघ १२ गते बिश्व भन्सार दिवसको उपलक्ष्यमा आज बिराटनगर रानी भन्सार कार्यालयले आजै देखि खेलकुद लगाएत बिभिन्न कार्याक्रमहरु गरेर मनाउने भएकोछ ।

यसै उपलक्ष्यमा बिराटनगर भन्सार कार्यालयले सन्चारकर्मी,भन्सार एजेन्ट, मातहतका कार्यालयका कर्मचारीहरु समेतको सहभागितामा बिश्व भन्सार दिवसकै अवसरमा रानी भन्सारको गतिबिधिहरुका बारेमा जानकारी आदान प्रधानका लागि अन्तरकृया कार्याक्रमको आयोजना गरिएको थियो ।

सो अन्तरकृया कार्याक्रममा बोल्दै रानी भन्सार कार्यालय प्रमुख बिमान्सु अधिकारीले आ व २०७३/२०७४,को श्रवण देखि आषढ सम्मको राजश्व लक्ष्यक्ष रु २४,३०४०३६, थियो, भने असुली हाराहारीमै पुगेको थियो भन्दै,आ व २०७४/२०७५ श्रावण देखि माघ सम्मको राजश्वको प्रगति बिवरणको कुरा गर्दा,यो वर्ष लक्ष्यको ३३.५८, र ८६, ९८,प्रतिसतले श्रावण देखि माघ सम्म सकलन भएको भन्सार अधिकृत अनन्तले जनमनकारी गराउनु भएको थियो ।

त्यसैगरी चालु आ. व. को श्रावण देखि माघ सम्मको भारत तथा समुन्द्रपार व्यापार पैठारी तर्फको कुरा गर्दै, रानी भन्सार प्रमुख बिमान्सु अधिकारीले मोटरसाईकल,हाइस्पीड डिजेल,सि आर सिट,पेट्रोल,एम एस विलेट,तयारी कपढा,पोलिथिन दाना,स्टील वायर रड इन क्वायल,एच आर सिट,र एल पी ग्यास,लगाएत माल बस्तु र सामाग्रीहरु पैठारी भएका थिए ।

कार्यालय प्रमुख अधिकारीले अन्तरकृया कार्याक्रममा नेपालबाट निकासी हुने माल बस्तु सामाग्रीहरुमा पिना भिजिनियार सिट वनस्पती उत्पादन,चोकर,भुस, जुट जुटबाट बुनिएका व्याग कपडा अलैची,जुट इाोला,रेसाको कपडा,मुसुर दाल,जस्ता बस्तुहरु रहेका जानकारी गराउनु भयो ।

अन्तरकृयामा सन्चारकर्मीहरुले राखेको जिज्ञासाहरुको जवाफ दिदै कार्यालय प्रमुख बिमान्सु अधिकारीले खांध सुरक्षा भन्सारबाट नेपाल तर्फ आउने खांध पदार्थको बारेमा हो भने सुरक्षा चै हातहतियार चेक जाच हो भन्नु भयो ।

अहिले ५४ खण्डमा भन्सार प्रज्ञापन पत्र भरेर मात्र भन्सारमा वा घरैबाट अनलाईन मार्फत भर्न सकिने प्रकृया सुरु भइरहेको बारेमा जानकारी गराउनु भयो । यस बिषयमा भन्सार एजेन्टहरुको पनि हात रहने भएकाले एजेन्ट संघमा काम गर्ने सबै जिम्बेवारी हुनु पर्छ भन्नु भयो ।

पैठारी तथा इम्पोटमा भन्सारले आफै प्रविधिको बिकास गरेको १ नम्वरमा रेडलेन, २ न मा एरोलेनबाट १० प्रतिशत, र ग्रिलेनबाट ३० प्रतिशत लगाएत चार प्रकारका भन्सार सिस्टम रहेकाले कुनै असजिलो नहुने र सबै कर्मचारी, भन्सार एजेन्टले आफनो जिम्वेवारी बोध गर्नु पर्ने जस्ता कुराहरुको बारेमा भन्सार सुचना अधिकारीले अन्तरकृया कार्याक्मा जनकारी गराइएको थियो ।

अन्त्यमा भन्सार एजेन्ट संघका अध्याक्ष बिजेन्द्र पराशरले पनि आफना कुरा हरु राख्नु भएको थियो ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.