विराटनगर, पुस २२ गते । रातो तारा डट कम,देश भक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले मुलुकको समस्या समाधान गर्ने भन्दापनी माओवादीलाई एमालेसंग पार्टी एकिकरण गर्न हतारो भएको वताएका छन् ।
विराटनगरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा गजुरलले एमालेलाई भन्दापनी अहिले माओवादीलाइ पार्टी एकताका लागी हतार भएको वताए । उनले एमालेले पार्टि एकिकरणको पक्षमा खासै चासो नदेखिएको अध्यक्ष गजुरेलको भनाई छ ।
उनले वाम गठवन्धन विच पार्टि एकताको संभावना रहेको भएतापनी दुवैपार्टी विचको एकताले मुलुक र जनताको हितको लागि केही फरक नर्पने वताए । उनले जनताले राजनितिक स्थिरता र मुलुकको स्थाईत्व चाहेकाले त्यसतर्फ दलहरुको ध्यान जानु आवश्यक रहेको वताए ।
उनले माओवादी र एमाले बाम गठवन्धन नभएर दक्षिणपन्थी गठवन्धन भएको आरोप समेत लगाए । एमाले र माओवादी पार्टिले पहिलेनै संसदीय व्यवस्था अंगाली सकेको उनको भनाई थियो ।
वर्तमान सरकारले प्रदेशको मुकाम तोक्ने विषयमा जनता-जनता वीच लडाउन खोजेकाले जनताको भावना र सवैलाई मान्यहुनेगरी प्रदेशको मुकाम तोक्नुपर्ने उनले वताए । उनले काम चलाउ भई सकेको वर्तमान सरकारले राज्यकोषको दुरुपयोग गरिरहेको वताए ।
Post a Comment