Websoft University

अन्तर्रा्ष्ट्रिय भन्सार दिवस


काठमाडौँ, माघ १२ गते । रातो तारा डट कम, अन्तर्रा्ष्ट्रिय भन्सार दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्शले हिजो आर्थिक विकासका निम्ति सुरक्षित व्यापारको वातावरण’ विषयक छलफल कार्यक्रमको आयोजना ग¥यो ।

सो अवसरमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको भन्सार प्रणालीलाई अन्तर्रा्ष्ट्रियस्तरको बनाउनुपर्ने मान्यताका साथ सरकारले काम गरिरहेको जानकारी दिँदै त्यसमा निजी क्षेत्रको साथ र सहयोग अपरिहार्य भएको बताउनुभयो ।

राजनीतिकरुपमा मुलुक अब नयाँ चरणमा प्रवेश गरेको र अबको कार्यसूची आर्थिक समृद्धिको हुनुपर्छ भन्दै उहाँले व्यावसायिक मर्यादा कायम गरी आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभयो ।

अर्थराज्यमन्त्री उदयशम्शेर राणाले भन्सार राजश्वमा निर्भर रहेर अर्थतन्त्रलाई सुदृढ तुल्याउन नसकिने बताउँदै यसका लागि वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने सुझाव दिनुभयो ।

राजश्व सचिव शिशिर ढुंगानाले मूल्य अभिवृद्धि कर ९भ्याट० अपरिवर्तनीय रहेको र त्यसले उद्यमी–व्यवसायीमा कुनै किसिमको भार नपारेको बताउँदै भन्सार पद्धति र प्रणाली बसाउन सबै पक्षको सहयोग आवश्यक छ भन्नुभयो ।

व्यापार सहजीकरणमा सघाउन सरकार तत्पर रहेको पनि उहाँले बताउनुभयो ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको समग्र आर्थिक अवस्था र त्यसमा निजी क्षेत्रको योगदानको समीक्षा गर्दै आर्थिक विकास र व्यापारको वातावरण बनाउन नसकिएकामा दुःख व्यक्त गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.