विराटनगर, पुस २४ गते । रातो तारा डट कम,
गत बिहिवार बाणिज्य कार्यालय मोरङको नेतृत्वमा ग्यास उद्योगहरुको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालयका कर्मचारी अमितकुमार कर्णले कोशी ग्यास उद्योगका व्यावस्थापक सचित उपाध्यायस“ग नेपाल गुणस्तर (एनएस) चिन्हको प्रमाण पत्र मागे । एनएस निन्हको प्रमाण माग्दा उपाध्यायले कर्णलाई नापतौल कार्यालयमा जादा कहिले नदेखेको भन्दै टार्ने प्रयास गरे । कर्णले बैसाख देखी आएको जवाफ दिएका थिए ।
उपाध्यायले एनएस निन्ह लिने प्रकृया सुरु गरेको बताए । कर्णले प्रकृया सुरु गरेको काजग हेर्न माग गरे तर उपाध्यायले अर्कै कोठामा छ भन्दै काजग नदेखाइ टारेका थिए । एनएस चिन्हकालागि अनुगमन गर्न नापतोैलको टिम एक पटक आएर फर्केको भन्दै कागज देखाएनन ।
तीस बर्षदेखि उद्योग सञ्चालन गरेको दावि गर्दै आएका उपाध्यायले एनएस निन्ह लिन समय लागेको भन्दै पन्छिएका थिए । सरकारले ग्यासको बोटलिङ प्लान्ट सञ्चालनकालागि मापदण्ड बनाएको छ । बस्तीदेखि पाच किलोमिटर पर र राजमार्ग भन्दा केही उद्योगको प्लाण्ट राख्न भनेको छ । तर विराटनगरका दुवै उद्योग बस्ती कै आसपास
छन् ।
कोशी ग्यास उद्योगका व्यावस्थापक सचित उपाध्याय बस्ती भन्दा उद्योग पहिले नै स्थापना भएकाले मापदण्ड विपरित नभएको बताउ
छन् ।
अनुगमनका क्रममा कोशी ग्यास उद्योगले नापतौलको प्रमाणपत्र नविकरण गरेको पाइएको थियो । तर रिजालको ग्यास उद्योगले भने नविकरण गरेको छैन् ।
अनुगमनका क्रममा नविकरण नगरेको पाइएपछि तीन दिन भित्र नापतौल कार्यालयका उपस्थित हुन निर्देशन दिएको छ । रिजालको ग्यासले पनि एनएस चिन्ह प्राप्त गरेको छैन् ।
Post a Comment