बेलका नगरपालिकाले नगरले गरेका बिकास निमार्णका कामहरुलाई पारदर्सि बनाउने उश्यले माघ ९ गते अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो ।
बेलकाले जनताको हितमा गरेका कामहरुको सही मुल्याङ्कन गर्दै नगरभित्र करिव ३५ लाखको लागतमा दूईवटा भवनहरु निमार्ण भईसकेका छन भने जनताकै हितमा एक वडामा ६० लाख सम्मको बजेट वडाहरुमै बिनियोजन गरिएको कुरा सार्वजानीक सुनुवाईमा प्रस्तुत गरिएको थियो ।
अहिले बेलकाले आफनो नगरक्षेत्र भित्र ५ स्थानमा खाने पानी र ढापा, सुनखानी,माचुमटार,खसटाङग बाटो,नमाणाधिन रहेका छन ।
त्यसैगरी अहिले बेलकाले आफनो नगरपालिका क्षेत्रमा क्याम्पस,बस पार्क हटिया, गुम्वाहरु र मन्दिर, शहरी स्वास्थ्य केन्द्र जस्ता अति आवस्यक कामहरुको निमार्णमा ध्यान दिदै आएको सार्वजानिक सुनुवाईमा प्रस्तुत गरिएको थियो ।
अहिले नगरपालिकाले सप दहन केनद्र, पसुपालन,साना उधमीसिल्तालाई प्रोत्सान,क्षेमता अभिबृद्घि र जनप्रतिनिधिहरुलाई तालिम,खहरे खोला नियान्त्रका लागि तार जालिहरुको व्यावस्था,५ बिगाहमा आलु खेती, दुई बिगाहमा घास उत्पादन गर्ने जस्ता कुराहरु सुनाउदै कार्यक्रमका अध्यक्ष तथा मेयर दुर्गा थापाले सार्वजानीक सुनुवाईमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी उपमेयर चौधरीले आफना कुरा राख्दै,बेलकाले करिव ७ सय जनालाई च्याउन खेती गर्न बीउ बितरण, नगरमा जनसेवाका लागि ऐम्वुलेन्सको व्यावस्था,मेयर कप फुटवल सन्चालन र समापन,बिभिन्न जात जातीहरुको सांस्कृतिक सरक्षका लागि समितिहरु गठन, महिलाहरुका लागि छुटै स्वास्थ्य सिविरको व्यावस्था, १६ दिने महिला हिंसा दिवस समेत गरेको जानकारी गराउनु भयो ।
अन्त्यमा नगरक्षेत्रमा आंखा सिविर सन्चालन गरिएको कुरा बताउदै उपमेयर राजकुमारी चौधरीले जनताको घरदैलोमै सार्वजानीक कार्यक्रम गरिएकोले सबैले थाहापाउने गरी आगलागिबाट बच्न र हातीले गरेको क्षेतिलाई कम गराउन व्यावस्था हुनु पर्नेमा जोड दिनु भएको थियो ।
यो वर्ष न्याय संम्विन्धि ५२ मुद्घा दर्ता मध्ये दुई फैसला १३ थान पेडिङमा रहेका र अरु मेलमिलाप मा पठाइएको उपमेयर राजकुमारी चौधरीले सार्वजानिक सुनुवाईमा बताउनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता र स्वागत मनत्व्य बेलका नगरपालिकाका मेयर दुर्गा थापाले गर्नु भएको थियो भने, प्रमुख अतिथि दलका नेता तथा सार्वजानिक सुनुवाईमा उपस्थित आम जनता र सरोकारवाला हरुले गरेका थिए । हिजो भएको सार्वजानिक सुनुवाई कार्यकममा ठुलोमात्रमा सरोकारवालाहरुको उपस्थिति रहेको र उनिहरूले आफ्नो कुरा राखेका थिए ।
Post a Comment