युवराज ठकुरी -धनकुटा, पुस २३ गते । रातो तारा डट कम,
धनकुटाको पर्यटकीय नगरपालिका पाख्रीबासमा "पाख्रीबास कला साहित्य समाज"ले पुस २२गते शनिबार साहित्य महोत्सव विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ।
२०७३सालमा स्थापना भएको समाजले महोत्सवको पहिलो सत्रमा कला साहित्यमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ।
सम्मानित हुनेहरुमा कवि सुमन पोखरेल,मुर्तिकार श्रीकृष्ण जोशी,लक्ष्मीकान्त स्मृति पुरस्कारबाट लोकगायक सुरेश गन्धर्व, गीतादेवी स्मृति पुरस्कारबाट कवि प्रकाश राम्घाली,धनजगत स्मृति पुरस्कारबाट गजलकार अमला अधिकारी आदि रहेका छन।
संस्थाका अध्यक्ष रोसन परियारको सभपतित्वमा भएको कार्यक्रममा पाख्रीवास नगरपालिकाका मेयर वृषबहादुर राई, अतिथिहरुमा नगरपालिकाका वडाध्यक्षहरु लगायत विभिन्न जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको दोस्रो चरणमा पाख्रीबास छन्दबहार शीर्षकमा छन्द कविहरुले कविता वाचन गरेका थिए।छन्द कविता वाचन गर्ने कविहरुमा मोरङका कवि हरी कट्टेल,सुनसरीका कवि टिका आत्र्येय, कवि धनकुटाका द्वारिका रिजाल,झापाका कवि,विष्णु न्यौपाने ,कवि विन्दु दाहाल,मोरङका कवि रोहित पराई रहेका थिए।
छन्दबहार कार्यक्रम देवकला कार्कीले गरेका थिए।
तेस्रो चरणमा मुक्त छन्दमा उन्मुक्त कवि शीर्षकमा रोल्पाका कवि विष्णु सन्यास, सुनसरीका कवि विनय सरगम,धिरज राई,बुटवलका कवि जयन्ती मगर सरगम,धनकुटाका कवि उत्तम लिम्बू, रामेछापका कवि विक्रम पवन परिवार,भरत विकल्प,राज आशातित,दीपा दाहाल ,सिन्धुपाल्चोकका कवि सुरज सफल,मोरङका कवि रमेशचन्द्र अधिकारी,सुनसरीका कवि किरण सिवा लगायत विभिन्न जिल्लाका १८जना कविहरुले छन्दमुक्त कविता वाचन गरेका थिए।उक्त कार्यक्रम संस्थाका अध्यक्ष रोसन परियारले संचालन गरेका थिए।
छन्द मुक्त कविता वाचन पछाडी दस जना प्रतिनिधि साहित्यकारहरुले आआफ्नो रचना वाचन गरेका थिए।
त्यसै दिनको अर्को चरणमा गजल साझ कार्यक्रम पाख्रीवास होटेल भ्युमा देशभरबाट उपस्थित भएका १८जना गजलकारहरुले गजल बाचन गरेर पाख्रीवास चिसो मौसम तताएका थिए।गजल साझ इश्वर दाहालले सन्चालन गरेका थिए।
Post a Comment