Websoft University

८० लाखमा सामुदायिक भवन

(फोटो फायलबाट)

बिराटनगर, पुस २२ गते । रातो तारा डट कम, महानगर पालिका विराटनगरको जामुनगाछीमा मुडुलाकार्की कुलायन समाजले सुबिधा सम्पन्न सामु्दायिक भवन निर्माण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गरि भवनको सर्बोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले भवनको उद्घाटन गर्नु भएकोहो ।

अत्याधुनिक भवन निर्माणको लागि २ बर्ष लागेको निर्माण समितिका संयोजक रेवत बहादुर कार्कीले जानकारी दिनुभयो। जामुनगाछी नजिकै रहेको उक्त भवन निर्माण गर्नको लागि समाजमा आबद्ध कार्की बंशिय सदस्यहरुले २ कठ्ठा एक धुर जग्गा प्राप्त गरेपछि भवन निर्माणको काम शुरु भएको थियो ।

७९ लाख ९९ हजार एक सय २५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवन निर्माणको लागि विराटनगर १३ निवासी ईन्द्र बहादुर कार्की र गिता कार्कीले एक तलो भवन बनाउने बाचा अनुसार निर्माण गर्न सहयोग गर्नु भएको निर्माण समितिका संयोजक रेवत कार्कीको भनाई छ ।

भवन निर्माण पश्चात विराटनगर महानगरपालिका वडा नम्बर २ देखि ६ सम्मका वासिन्दा लाभिान्वीत हुने बताईएको छ ।  निर्माण सम्पन्न भएको सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, बिभिन्न सार्बजनिक समारोह, धार्मिक तथा सांस्कृतीक कार्यक्रम जो कोहीले गर्न सक्ने समाजका अध्यक्ष गोबिन्दमान सिंह कार्कीले बताउनुभयो । सोही अवसरमा समाजले ८० बर्ष पुगेका १४ जना जेष्ठ नागरिकलाई समेत  दोसल्ला ओढाएर सम्मान गरेको छ। 






((
क्पथ ँः
द्यष्चबतलबनबच ट
ए।इ। द्ययह द्दछढ
एजयलभ ण्द्दज्ञ द्धठद्दटटण्,
ढडछद्दण्घद्दद्दद्दढ ९कगmबल०

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.