Websoft University

काठमाण्डौं र तराइका जिल्लाहरुमा चिसोले जनजीवन प्रभावित हुन थाल्यो


काठमाडौँ, पुस २३ गते । रातो तारा डट कम, न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकामा अत्याधिक मात्रमा चिसो बढेकोछ भने, देशभर चिसो बढेकाले जनजीवन प्रभावित हुँदै गएकोछ ।

चिसो बढेसँगै बिराटनगर लगाएत तराईका भु भागमा बिहानै देखि दिन भर बाक्लो हुस्सु लाग्ने र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेको छ ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ भने न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस इारिसकेकोछ । बिराटनगर लगाएत तराइका जिल्लाहरुमा आहिले अत्याधिक मात्रमा चिसो बढेकोले जनजीवन प्रभावित हुदै आएकोछ ।

घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुल्ला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने बताइएको छ ।

मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । आज पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.