विराटनगर,पुस २१ गते । रातो तारा डट कम,तराईमा विगत केही दिनदेखि जारी शीतलहरका कारण पुर्वी तराईका सुनसरी मोरङ झापा लगाएका क्षेत्रको जनजीवन प्रभावित बन्दै गइरहेको छ ।
विगत दुई–तीनदेखि चिसो हावा चिसोले गर्दा अतिआवश्यक कामबाहेक मानिस घरबाट बाहिर कम मात्रामा निस्कन निसकने गरेकाकाछन । इनरुवा विराटनगर झापा लगायत जिल्लाका विभिन्न बजारमा चहलपहल निकै घटेकोपाइन्छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप घटदै आएकोे छ ।
औपचारिक रूपले विद्यालय बन्द नगरिए पनि जाडोका कारण विद्यार्थी अन्य दिनको तुलनामा घटेको छ । शीतलहरको प्रभाव सार्वजनिक यातायातको क्षेत्रमा समेत परेको छ ।
शीतलहरका कारण कतिपय बालबालिका तथा वृद्धवृद्धा रुघाखोकी र निमोनियाले पीडित भएका छन् । विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार गराउन पुग्नेहरुमा त्यस्ता रोगबाट पीडितको संख्या अधिक छ । शीतलहरबाट घरपालुवा चौपायासमेत प्रभावित भएका छन् ।
Post a Comment