विराटनगर, पुस गते । रातो तारा डट कम,
अत्यधिक चिसो बढेपछि मोरङमा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।
जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय आज गरेको हो । भोलीबाट लागू हुने गरी आगामी पुस २८ गते सम्मका लागि विद्यालय बन्द गरिएको मोरङका उप जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जानकारी दिनु भयो ।
थेग्नै नसक्ने गरी चिसो बढेपछि असहज मसुस गर्दै विद्यालय आउने विद्यार्थीको संख्यामा पनि कमि हुँदै गएका कारण विद्यालय बन्द गर्नु परेको उहाँले बताउनु भयो । कट्टेलले चिसो यही अवस्थामा रहेमा वा चिसो थप बढेर विद्यार्थीलाई विद्यालय जाने सहज वातावरण नबनेमा विदा लम्बिन सक्ने पनि बताउनु भयो ।
मोरङमा पाँच सय ९६ सामुदायिक र तीन सय ८४ निजी विद्यालय छन् । कट्टेलले बर्खे विदाबाट मिलान गर्ने गरी विद्यालय बन्द गरिएको जानकारी दिनु भयो । मोरङका कतिपय निजी विद्यालयमा अहिले परीक्षा संचालन भइरहेका छन् । शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेपछि निजी विद्यालयले पनि पछि परीक्षा गर्ने गरी तत्कालका लागि बन्द गर्ने भएका छन् ।
२९ गते शनिबार परेका कारण चिसो कम हुँदै गएमा ३० गतेबाट विद्यालय संचालन हुने गरी विदा दिइएको बताइएको छ ।
Post a Comment