Websoft University

आज बस्ने एमालेको बैठकमा नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका बारेमा छलफलहुने


काठमाडौं, पुस २४ गते । रातो तारा डट कम,समसामयिक राजनीति र पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ ।

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको स्थायी समिति बैठकमा नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता, नयाँ सरकार गठन, अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका लागिका लागि बैकंक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठक एमाले अध्यक्ष ओलीका निवास बालकोटमा बस्ने 
छ । पार्टी एकता एमाले र माओवादीबीच पार्टी नेतृत्व, सिद्धान्त र संगठनात्मक दाँचाका विषयमा विवाद छ । सोमबारको बैठकमा यस विषयमा गम्भीर रुपमा छलफल हुने बताइएको छ । कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जारी गरेको पत्रमा यसबारेमा जानकारी दिइएको छ ।

एक सातादेखि स्वास्थ्यमा सामान्य समस्या आएपछि ओली नियमित स्वास्थ्य परीक्षणका लागि पुस २६ गते थाइल्याण्ड जाने कार्यक्रम छ ।ओलीको स्वास्थ्यका कारण एकता संयोजन समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने समझदारी भएको छ ।
ओलीनिवास बालकोटमा दुई नेताबीच एक सातापछि डेढ घन्टा छलफल भएको छ । पछिल्लोपटक ओली र दाहालबीच १६ पुसमा दाहालनिवास खुमलटारमा पार्टी एकताबारे छलफल भएको थियो ।

नयाँ सरकारको नीति तथा कार्यक्रम तय गर्ने विषयमा पनि एकता संयोजन समितिमा छलफल गर्ने दुई नेताको समझदारी छ ।
सैद्धान्तिक–वैचारिक र सांगठनिक एकीकरण कार्यदल
पार्टी एकतालाई अन्तिम रूप दिन सैद्धान्तिक–वैचारिक र सांगठनिक एकता संयुक्त कार्यदल बनाउने समझदारी भएको माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी
 दिए ।

दुवै कार्यदलमध्ये एउटाले एकीकृत पार्टीका लागि सैद्धान्तिक–वैचारिक खाका तयार पार्नेछ भने अर्कोले केन्द्रदेखि तल्लो तहसम्मका दुवै पार्टी कमिटीको समायोजन र भ्रातृसंगठनहरूको समायोजनको मोडालिटी बनाउनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.