बिराटनगर, पुस १८ गते । रातो तारा डट कम,
निगमको हिजो(सोमबार) साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक÷एक रुपैयाँ मूल्य बढाएको छ ।
यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको निगमको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।
नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९र७९ रुपैयाँ पुगेको छ ।
यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।
नयाँ मूल्यअनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।
मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाख रुपैयाँमा झरेको निगमले जनाएको छ ।
निगमलाई अहिले पेट्रोलमा लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ । तर, ग्यासमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ ।
डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ । तराईका जिल्लामा भने यो मूल्यभन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ ।
दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
Post a Comment