Websoft University

उपकरणबाट टिमुर प्रसोधन सुरु



काठमाण्डौं, म्याग्दी, पुस २२ गते । रातो तारा डट मक,ः म्याग्दीका उद्यमीले विद्युतीय औजारको प्रयोग गरेर टिमुरको प्रशोधन गर्न थालेका छन् । बेनी नगरपालिका–९ तोरीपानीको निलपहरा सामुदायिक वन उपभोक्ता समूहले जिल्लामै पहिलोपटक टिमुर सुकाउने, प्रशोधन, तौलने र पिँधेर मसला बनाउने औजार भित्र्याएको छ ।

जिल्ला वन कार्यालयको रु दश लाख अनुदानमा औजार खरिद गरिएको समूहका सागर बानियाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय उपकरणको प्रयोग गरेर टिमुर सुकाउने, प्रशोधन गर्ने, तौलने र मसला बनाउन थालिएको
हो ।

औजार भित्रिएपछि गाउँमै टिमुर प्रशोधन गरेर मसला बनाई बजार पु¥याउन सकिने भएको छ । यसअघि यहाँ नाङ्लोमा केलाएर टिमुर प्रशोधन गर्ने गरिन्थ्यो । गेडा टिमुर नै बिक्री हुने गरेको थियो । यसो हुँदा मिसावटको डर रहन्थ्यो ।

म्याग्दी उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत टिमुर टिप्न प्रयोग हुने कैँची उपलब्ध गराएपछि फल टिप्न रुखको हाँगा नै काट्नुपर्ने अवस्थाको अन्त्य भएको छ । टाढैबाट फलको झुप्पा कैँचीले काटेर फल टिप्दा काँडाले कोप्ने समस्या हटेको छ ।

तोरीपानीका एक सय घरधुरीले व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । टिमुरखेती तोरीपानीका बासिन्दाको वैकल्पिक आयस्रोत बनेको छ । टिमुर अचार, दाल र चटनीमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आर्युवेदिक औषधिका रुपमा प्रयोग गरिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.