Websoft University

अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आज राष्टपति द्रारा उद्घाटन


 सुनसरी -इटहरी माघ ६ गते । रातो तारा डट कम,राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर देशको छवि र समृद्धिको शिखर उचाईमा प’¥याउनका लागि खेल जगतले महत्वपुर्ण योगदान पु¥याउने भएकाले यस क्षेत्रप्रति राज्य अति संवेदनशील भएर अघि बढ्न जरुरी रहेको कुरामा सबैको ध्यानाकर्षण गराएकी छन् ।
.
राष्ट्रपति भण्डारीले इटहरीको सबैभन्दा पुरानो क्लब राष्ट्रिय जागृति क्लबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको संयोजन र मदन भण्डारी प्रतिष्ठानको सहयोगमा शनिबारदेखि इटहरी रङ्गशालामा आयोजित मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै उक्त कुरा बताएकी हुन् ।

राष्ट्रको लागि आवश्यक स्वस्थ नागरिक तयारीसँगै अनुशासित युवा पुस्ता उत्पादन गर्नका लागि खेल क्षेत्रले क्षेत्रको महत्वप“र्ण भ“मिका रहने भएकाले यसको माध्यमबाट विश्वभर देशको गरीमा माथि उकास्न युवाप्रति राज्यले लगानी गर्न जरुरी छ भन्दै राष्ट्रपति भण्डारीले स्व. जननायक मदन भण्डारी फुटबल खेलप्रति अति लगाव राख्नु हुने नेता हुन’हुन्थ्यो भनिन् ।
.
राष्ट्रपति भण्डारीले जननेता स्व. भण्डारीको नामबाट खेलकुदको हव बन्दै गएको इटहरीमा यति ठुलो पुरस्कार राशीको मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल खेलको आयोजना हुनु पनि आफैंमा ऐतिहासिक कार्य भएको कुरामा पनि उनले जोड दिइन् ।

विद्यालय शिक्षादेखि विश्व विद्यालयका पाठ्यक्रमहरुमा पनि बिद्यार्थीहरुलाई खेलप्रति आकर्षण गराउने पाठ्क्रम आवश्यक रहेको कुरातर्फ राज्यको ध्यानाकर्षण आकर्षित गराउदै स्वस्थ नागरिक उत्पादन गनर्’ राज्यको  ठुलो सम्पत्ती हुने कुरामा पनि सवबको विशेष ध्यान जान जरुरी छ राष्ट्रपतिले जोड दिइन्  ।

राष्ट्रपति भण्डारीले इटहरीमा ज’न हिसावले खेलकुदका लागि भौतिक संरचना विकास गरेर प्र्रदेश १ कै खेलकुद सिटी बनाउने अभियानलाई मुर्त रुप दिन जुन कोशिस भइरहेको छ यो अत्यन्तै सह्रानीय कार्य भइरहेको तर्फ खुशी ब्यक्त गर्दै उनले देशको गरिमा र चिनारीको मुल बस्तु खेल नै भएकाले यसको विकासमा सवै नागरिकले पनि सकारात्मक रुपमा सोच्न जरुरी छ भनिन् ।

सोही कार्यक्रममा युवा तथा खेलकुल मन्त्री राजेन्द्रबहादुर केसीले इटहरीलाई खेलकुद प्रदेश १ को महत्वपुर्ण खेलकुद सिटीको शहरका रुपमा घोषणा गर्ने पुर्व तयारीमा यति ठुलो पुरस्कार राशीको स्व. मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल खेल हुनु गौरवको विषयमा भएको बताए ।

मन्त्री केसीले राष्ट्रको गौरवसँगै स्वस्थ युवा जनशक्ति तयार गर्ने खेलकुदको मर्यादित विकास गर्ने उद्देश्यले प्रेरित भएर नै खेलकुल मन्त्रालयका स्थापना भएको औचित्य प’ष्टि गर्दै उनले खेलकुदका विकासका लागि राज्यले प्रयाप्त बजेट बिनियोजन गर्न थालेको पनि जानकारी दिए ।

मन्त्री केसीले खेलको मर्यादित सम’न्नतीसँगै भर्खरै जन अनुमोदित संविधानको सबै जातजाती सम’दाय धर्म सम्प्रदाय सबैको अपनत्व स्थापित गर्दै संविधानको सफल कार्यान्वयनबाट मात्रै सबै नेपालीको कल्याण हुने विश्वास जागृत गराउँदै देशलाई समृद्ध बनाउन एक हुनु आवश्यक रहेको कुरामा जोड दिए  ।

सोही समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले इटहरी पुर्वकै उदीयमान शहर हुनुसँगै यस क्षेत्रमा हरेक खेलका उर्जावान खेलाडीह? उत्पादन हुनुले पनि इटहरी खेलकुद सिटीको हब बनिरहेको तर्फ कसैले नकार्न नसक्ने दाबी गरे । उनले इटहरीलाई खेलकुदको पुर्वाधार सम्पन्न स्थानका रुपमा विकास गर्न राखेपले प्रयाप्त प्रयास गर्दै नेपालको १५ वटा चर्चित खेलका अन्तर्राष्ट्रियस्तरका खेलकुद मैदान तयार भइरहेको जानकारी दिए ।

त्यस अवसरमा प्रतियोगिता संयोजक नारायण ढुङ्गानाले स्वागत तथा राष्ट्रिय जागृति क्लवका अध्यक्ष सञ्जिव ढ’ङ्गानाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
.
साथै सोही समाारेहमा राष्ट्रपति भण्डारीले पहिलो खेलमा सहभागि भएका रुस्लान थ्री स्टार क्लब काठमाण्डौ र शसस्त्र प्रहरीको एपीएफ क्लबलाई सफलताको शुभकामना दिदै  रेफ्रीलाई फुटबल दिएर खेलको शुभारम्भ गर्न अनुमति दिइएको थियो ।

उद्घाटनको अबसरमा संगीत साधाना प्रतिष्ठान इटहरीका कलकारले नृत्य प्रस्तुत गरेका थिए भने बिभिन्न जातीय साँस्कृतिक झाँकी प्रदर्शन पनि गरिएको थियो । साथै नेपाली सेना, शसस्त्र प्रहरीको व्याण्ड टोलीले आफ्नो प्रस्तुती दिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.