इाापा,फागुन १२ गते । रातो तारा डट कम, झापामा एक हजार १५ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै सो तथ्यांक तथ्यांक सार्वजनिक गरेको हो ।
झापाका शहरी क्षेत्रका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगरेका कारण रोगीको संख्या अझैं नघटेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत वेदप्रकाश घिमिरेले बताउनु
भयो.. .
झापामा हालसम्म छैठौंपटकसम्म औषधि वितरण गरिए पनि हात्तीपाइले रोगीको संख्या नघटेकाले यो वर्ष पनि झापामा फागुन १२, १३ र १४ गते हात्तीपाइले विरुद्धको औषधि वितरण गरिने उहाँले बताउनुभयो ।
आठ लाख ९५ हजार ४१९ जनसंख्या रहेको झापामा यस पटक एक लाख ४८ हजार ९६६ जनाले औषधि सेवन गर्ने जनाइएको छ । दुई वर्ष मुनीका बालबालिका तथा ७० वर्षमाथि उमेर समूहका मानिसलाई औषधि सेवन नगराइने जनाएको छ । त्यस्तै सुत्केरी, दीर्घरोगीलाई पनि यो औषधि सेवन गर्न नहुने जनस्वास्थ्य अधिकृत जीवन चौलागाईंले बताउनुभयो ।
Post a Comment