विराटनगर,माघ २९ गते । रातो तारा डट कम, पाँच जना भारतीय नागरिकलाई अपहरण गरी फिरौती लिएको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीले भारतीय नागरिकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा पाँच जना नेपालीलाई पक्राउ गरी मुद्धा चलाएको हो ।
प्रहरीले सुनसरी ईनरूवा नगरपालीका ३ का ५७ बर्षिय नारायण शाह, सोही स्थानका २५ बर्षिय मधुकर शाह, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १ बस्ने ३८ बर्षिय टिकाराम चौधरी सोही ठाँउका ३७ बर्षिय कान्छा भन्ने ठाकुर गुरूङ र सुन्दरहरैचा १२ का २४ बर्षिय नवराज गौतमलाई पक्राउ गरेको हो ।
गत माघ २४ गते भारत खगडिया जिल्ला बेन्दोर पञ्चायत बेन्दोर थाना बस्ने ३६ बर्षिय राजकिशोर साह, ४२ बर्षिय अजयकुमार साह, अखिलेश साह, दिनबन्दु तिवारी, ६२ बालेश्वर रजक र रञ्जितकुमार अपहरणमा परेका थिए ।
भारत घर भएका दिनबन्धु तिवारी सहित अन्य पाँच जनालाई भारत फारबेञ्जगञ्ज घर बताउने बालेश्वर साह, सुरेश कुमार, पुर्णीया घर बताउँने सन्तोष कुमार, सुसन यादवले भारतबाट नेपाल सम्म ल्याएका थिए ।
नेपालमा रहेको आफ्नो घरमा पुजा छ र नेपाल समेत घुमौ भन्दै बालेश्वर साहले पण्डित दिनबन्धु तिवारी सहितका ५ जनालाई जोगवनी हँुदै सुन्दरहरैचा नगरपालीका वडा नं. १० मा रहेको मोनालीसा होटलसम्म पू¥याएका थिए । होटलमा पू¥याएपछि बालेश्वरको टोलीले सोही होटलमा बसेका पाँच जना नेपालीको टोलीलाई जिम्मा लगाएका थिए ।
होटलमै बन्दक बनाइएका उनीहरुले भारतीय नागरिकसँग ६ लाख भारतीय रूपैया फिरौती माग गरेका थिए । अपहरण परेका मध्ये बालेश्चर रजक र रञ्जित कुमार एक लाख फिरौती तिरेर छुटेका थिए । दुई जनालाई एक लाख रुपैयामा छाडेका अपहरणकारीले अन्य तीन जनासँग पाँच लाख धरौटी माग गरेका थिए ।
बन्धक बनाइएका मध्ये राजकिशोर साह माघ २५ गते होटलबाट भागेर घर पुगेका थिए । घरबाट साथी सहित मोरङ प्रहरी आएर उजुरी गरेपछि प्रहरीले अपहरणकारीलाई शनिवार पक्राउ गरेको हो । प्रहरीले फिरौति लिएको रकम मध्ये पचास हजार भारतीय रुपैया पनि बरामद गरेको छ । (खबर पुर्वन्चल)
Post a Comment