Websoft University

बुढीगंगा कृषि तथा औद्योगिक महोत्सव हुने


विराटनगर,चैत १० गते । रातो तारा डट कम, मोरङको बुढीगंगा गाउँपालिका – ३ मा बुढीगंगा कृषि तथा औद्योगिक महोत्सव हुने भएको छ ।
समाज विकास केन्द्र नेपालको आयोजनामा यही चैत १५ देखी २५ गतेसम्म हुने भएको हो । आयोजक समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी स्थानिय स्तरमा उद्योगबाट उत्पादन भएको बस्तु तथा कृषिजन्य बस्तुको प्रद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष नगेन्द्र मण्डल राजवंशी जानकारी दिए ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा ४९ वटा स्टल रहनेछ । महोत्सवमा दैनिक रुपमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।

महोत्सवमा गायक प्रमोद खरेल, शिव परियार, गायिका आस्था राउत, ज्योति मगरलगायतका एक दर्जन कलाकारहरुको प्रस्तुती रहने कलाकार संयोजक रमेश भट्टराईले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.