मोरङ, चैत्र ११ गते । रातो तारा डट कम,भट्टराई कुल बंश प्रतिष्ठान मोरङको दोस्रो जिल्ला अधिबेशन शनिबार सम्पन्न भएको छ । सुन्दरहरैचा ५ दुलारीमा सम्पन्न अधिबेशनमा भट्टराई कुल बंश प्रतिष्ठानको लागि अहोरात्र खटि योगदान दिएको भन्दै तीन जनालाइ सम्मान समेत गरिएको छ ।
भट्टराई कुल बंश प्रतिष्ठान मोरङका संस्थापक सदस्य जीबनाथ भटराइ, लक्ष्मीमाया भट्टराई र निशान भटराइ रहनुभएको छ । उहाहरुलाइ भट्टराई कुल बंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेरबाहादुर भट्टराईले सम्मान गर्नुभयो ।
सम्मानित ब्यत्तित्व मध्येका जीबनाथ भटराइ सात बर्षको उमेर देखि अन्न नखाइ बांच्न सफल हुनुभएका ब्यक्तित्व हुनुहुन्छ । अधिबेशन उद्धघाटनका अवशरमा बोल्ने बक्ताहरुले भटराइ कुल बंश प्रतिष्ठान मोरङ जिल्ला शाखाले उत्कृष्ट काम गर्न नसकेकोमा चिन्ता ब्यक्त गरे । उनीहरुले संस्थाको इज्जत जोगाउन सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
भट्टाराई कुल बंस प्रतिष्ठान मोरङ जिल्लाको नया कार्य समितिमा ११ जना सर्वसम्मत चयन भएका छन् । नया कार्य समितिको नामावली यस प्रकार छ:-
अध्यक्ष::श्री तेज कुमार भट्टराई
उपाध्यक्ष::श्री शिव प्रसाद भट्टराई
सचिव::श्री दुस्यन्त भट्टराई
सह सचिव::श्री हरीमाया भट्टराई
कोषाध्यक्ष ::श्री शारदा भट्टराई
सदस्यहरू:
श्री दीपेन्द्रनाथ भट्टराई
श्री भोला भट्टराई
श्री विष्णु प्र. भट्टराई
श्री सुशीला भट्टराई
श्री लेखनाथ भट्टराई
श्री तुलसी भट्टराई रहनु भएको छ।
Post a Comment