Websoft University

गायक डम्वर विश्वकर्माको “भाग्य लेख्ने भावी ” भिडियो सहित



आर पोखरेल काठमान्डौँ, चैत ६ गते । रातो तारा डट कम,मालती डिजिटल प्रालीको प्रस्तुतिमा परदेशी भुमीमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा योग्दान पुयाउने डम्बर विश्वकर्माको लोकदोहोरी एल्बम  “भाग्य लेख्ने भावी ” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । गायक डम्वर विश्वकर्मा र गायिका पुर्णकला विसीको आवाज गीतमा रहेको छ ।

माया प्रेममा आईपर्ने विछोडको चित्कारलाई गीतमा समावेश गरिएको छ । मायाको सपनामा भौतारिएर विछोडको अवस्थामा आइपर्ने युवायुवतीको जिवन कथा गीतमा रहेको छ । भाग्य लेख्ने भावीलाई दोष गायिकाले दिएकी छन । युवा युवती विचको मायाको वार्तालापलाई निकै मार्मिक रुपमा ममता खत्री र टेकेन्द्र शाहले शव्द सिर्जना मार्फत गरेको छ। ।

ज्यादै मार्मिक गीतलाई रामु खड्काले लय सिर्जना गरेका छन । राजेश घिमिरले छायाँकन गरेको भिडियोलाई अमर शाक्य ले सम्पादन गरेका छन ।  टिना श्रेष्ठ र विमल अधिकारीको अभिनय रहेको सो गीतलाई कपिल लामाले निर्देशन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला
  .

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.