Websoft University

डढेलो नियन्त्रण गर्न प्रयास नहुदा गाउले आतंकित हुनथाले

गाईघाट, चैत्र १२ गते । रातो तारा डट कम,
उदयपुरमा दर्जन बढी राष्ट्रिय र सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न वन कार्यालयले उदासिनता देखाएको कारण जंगलको डढेलो वन आसपासका गाउँ बस्तीमा फैलने खतरा बढेको छ ।

जिल्लाको पश्चिमी क्षेत्रको कटारी नगरपालिकाको  चुरेस्थीत राष्ट्रिय वनको  बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रमा दुई दिन यता लागेको डढेलो निभाउने अझै प्रयास भएको छैन । सो क्षेत्र आसपासका मानव बस्तीमा विस्तारै डढेलो फैलन थालेको
छ । ‘ तिब्र हावाहुरी चलेमा डढेलो  कुनै पनि बेला मानव बस्तीमा फैलन सक्छ ।’ त्रिवेणीका शम्भु पौडेलले भने ।

जंगलमा लागेको डढेलो निभाउन वन कार्यालयबाट कुनै किसीमको प्रयास नभएपछि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ(काजी) ले आफनै प्रयासमा स्थानीय बासिन्दालाई परिचालनगरि डढेलो निभाउन थालेकाछन् । मिर्चैया–कटारी सडक खण्डको चुरे जंगलमा लागेको डढेलो निभाउन शनीबार राती मेयर श्रेष्ठ आफै पुगका थिए ।

उनले कटारीको रिस्कुस्थीत खसीबास क्षेत्रमा फैलिएको डढेलोको कारण झण्डै तिन सय मानव बस्ती जोखिममा परेपछि रातभरी नै स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लागेको बताए ।

उनले अहिलेसम्म एक हजार हेक्टर भन्दा बढी क्षेत्रमा डढेलो लागेर ठूलो क्षति भएको बताए । त्यसैगरि त्रियुगा नगरपालिकाको हडिया, जोगिदह, लालपत्ता, पात्लेबास र चुरे क्षेत्रमा एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । चुरे क्षेत्रको १० भन्दा बढी ठाउँमा भिषण डढेलो लागेको सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

नगरक्षेत्र आसपासमा मात्र झण्डै २ हजार हेक्टर जंगलमा डढेलोको कारण काठ दाउरा नष्ट भएको छ । धेरै जंगली जनावर समेत मरेको छ । उनले भने ।‘ क्षति तथ्यांक अझै आएको छैन । तर ठूलो क्षति पुगेको अनुमान छ ।’ उनले भने।

सामुदायिक वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष भरत थापाले डढेलो नियन्त्रणमा वन कार्यालयले प्रभावकारी भूमिका निर्वाह नगर्दा यो वर्ष उदयपुरमा डढेलोले ठूलो क्षति पुगेको बताए ।‘ वनले अहिले सम्म डढेलो नियन्त्रणको कुनै प्रयास गरेको छैन ।’ उनले भने ।
श्याम राई÷उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.