काठमाडौ चैत्र ११ गते । रातो तारा डट कम,
श्याम राई-उदयपुर, गाईघाट,सांसदटोली द्धारा शनीबार दिउसो सेक्टर वन कार्यालय कटारीका प्रमुख सहायक वन अधिकृत कुटिएकाछन् ।
कटारी नगरपालिका द्धारा निर्माण भैरहेको बेलश्रोत खसीबास सडक खण्डमा काम गरिरहेको डोजरका चालक सुसान्त बुडाथोकीलाई पक्राऊ गरिएको विषयमा सहायक वन अधिकृत नरायण श्रेष्ठसँग कुरा गर्न गएका उदयपुर क्षेत्र न. २ का सांसद हिमाल राई सहितको टोलीले श्रेष्ठ माथि कुटपिट गरेको हो ।‘ किन चालकलाई पक्राऊगरि कार्यवाही गरिस हामीलाई चिन्दैनस भन्दै आफू माथि कुटपिट गरियो ।’ उनले भने ।
दिउसो करिब ३ बजे सांसद राई, प्रदेस सभा सदस्य कला घले र कटारी नगरपालिकाका मेयर काजी श्रेष्ठ लगायत चालकका आफन्तहरुले श्रेष्ठ माथि कुटपिट गरेको प्रत्यक्षदर्शी केशब राउतले भने ।
राष्ट्रिय वन क्षेत्र हुँदै नगरपालिकाले विना अनुमती सडक खनिरहेकोले वनले पटकपटक चेतावनी दिदै आएको थियो । वन सुरक्षाकर्मीको टोलीले डोजरका चालक बुडाथोकीलाई शनिबार दिउसो नियन्त्रणमा लिएर कार्यवाही चलाएपछि सांसद टोली उक्त विषयमा कुरा गर्न सेक्टर कार्यालय पुगेका थिए । सांसद टोलीले तत्काल चालकलाई छाड्न दबाब दिएपछि दुबै पक्षबीच विवाद हुँदा श्रेष्ठ कुटिएएका थिए ।‘
मैले कानून अनुसार चालकलाई पक्राउ गरेकोले कुनै पनि हालतमा छोड्न सक्दिन भन्ने वित्तिकै आफू माथि आक्रमण गरियो ।’ श्रेष्ठले भने, ‘ हामीले भनेको नमान्ने भन्दै म माथि कुटपिट गरियो ।’ सांसद टोलीसँग आएका अन्य स्थानीयले समेत कुटपिट गरे ।
घटना लगतै उनले वन मंत्रालय, वन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा मौखिक जाहेरी गरेको उनले बताए ।‘ मलाई कुट्ने कोही पनि पक्राऊ परेको छैन् । मेरै प्रमुख वन अधिकृतले समेत कुनै सहयोग गरेको छैन ।’ उनले भने ।
दिउसो ज्यान लिनेगरि आफू माथि भएको घटनाले आफू दुखी भएको र काम गर्ने बातावरण विग्रिएको उनले बताए ।‘ कसैले गलत तरिकाले काम गर्दा उस्लाई कानून बमोजिम पक्राऊ गर्दा कुटाई खानु पर्दा आफू निकै हतोत्साही बनेको उनले बताए ।
जिल्ला वन अधिकृत विष्णु प्रसाद भण्डारीले घटना भएको बारे जानकारी आएको बताए ।‘ मैले धेरै कुरा बुझेको छैन । बुझ्ने प्रयास गरिरहेको छु ।’ उनले भने ।
कटारी नगरपालिकाका प्रमुख काजी श्रेष्ठले सहायक वन अधिकृत माथि आफूहरुले कुटपिट नगरेको बताए ।‘ हामी माथि वहाले आरोप लगाउनु भएको हो । वहालाई कसैले कुटेको छैन ।’
उनले भने ।‘ हाम्रो टोलीमा रहेका आक्रोसित सर्व साधरण स्थानीयहरुले विकासको काममा अवरोध पु¥याएको भन्दै श्रेष्ठ माथि गालि गलौज समेत गरेका हुन् । उनले भने ।‘ स्थानीयले कुट्न खोज्दा वहालाई सांसदको टोलीले बताएको हो ।
Post a Comment