काठमाडौँ, फागुन २७ गते । रातो तारा डट कम, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने बताउनुभएको छ ।
रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भ्रष्टाचार, दण्डहिनता र आपराधिक क्रियाकलापको अन्त्य गर्दै प्रदेश नं १ लाई सुशासन र समृद्धिकोे बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“प्रदेश नं १ मा ठूला÷ठूला उद्योग, कलकारखाना स्थापना गर्न सकिन्छ, आयोजना सञ्चालन गर्न सकिन्छ, त्यसबारे गम्भीर रूपमा छलफल गरेर अगाडि बढनुपर्ने हुन्छ”–मुख्यमन्त्री राईले भन्नुभयो ।
उहाँले नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिला जनताको भावनाअनुरूप सबैको सल्लाह र सुझावको आधारमा प्रदेश नं १ को स्थायी राजधानी र नामाकरण गरिने बताउँदै मिडियालाई कुनै पनि बहानामा अंकुश लगाउन नहुने धारणा व्यक्त गर्नुभयो ।
पछिल्लो पटक कान्तिपुर दैनिक र सर्वोच्च अदालतबीच भएको मुद्दा मामिलालाई संविधानको मर्म अनुरूप टुंग्याउनुपर्नेमा पनि मुख्यमन्त्री राईले जोड दिनुभयो ।
Post a Comment