Websoft University

जि.पी. कोइराला सडक बन्ने भएपछि स्थानियहरू हर्षित


रबिन्द्र बराल- रंगेली ,माेरङ,चैत्र ६ गते । रातो तारा डट कम,
लामो समय देखी बाटो बन्ने आसामा बसेका मोरङको रतुवामाई नगरपालिका – ५ गोविन्दपुरका स्थानिय बासिन्दाहरु हर्षित भएका छन् । 

सरकारको लगानीमा हुलाकी राजमार्ग संगै जोडीएको स्व. गिरिजा प्रसाद कोइराला नामाकरण गरिएको चटपटे गोविन्दपुर चोक देखी आईतबारे सडक खण्डको करिव साढे ३ किलो मिटर सडक कालो पत्रे हुने भएपछि स्थानियबासिहरु हर्षित भएका हुन् ।

आज एक कार्यक्रम बीच प्रतिनिधीसभा सदस्य डा. मिनेन्द्र रिजाल  विधिवत रुपमा पुजाअर्चना गरि सडकको शिलान्यास गर्नुभएको छ ।

 ५ करोडको लागतमा ५० फिट चौडाई र नाला सहित कालोपत्रे सडक बनाउने गरि रौता आर.के जेभी ले १ वर्ष भीत्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको छ ।
सडक शिलान्यास संगै ठेकेदारले सडकको निर्माण समेत थालेको छ । सडक निर्माण हुने भएसंगै सो क्षेत्रका करिव १ हजार बढी परिवार लाभान्वित हुने भएका छन् ।

सो अवसरमा शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुदै प्रतिनिधीसभा सदस्य डा.रिजालले  सडक निर्माणले स्थानियको जीवन शैली संगै गोविन्दपुरको विकासमा मदत पुग्ने हुनाले सबैले विकास निर्माणको कार्यलाई सहयोग गर्नुपर्ने बताउदै क्रमागत रुपमा राष्ट्रिय राजर्माग सम्म सो सडक लाई जोड्ने बताउनुभयो ।

रतुवामाई नगरपालिकाका मेयर रविन राईले बाढी जन्य प्रकोप बाट पीडित बन्दै आएको स्थानियहरुलाई तत्काल सहयोग पु–याउन तथा उद्दार गर्न सो सडक निर्माणले सहज हुने बताए  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.