बिराटनगर,फागुन २४ गते । रातो तारा डट कम, १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस उदयपुरको बेलका नगरपालिकाको रामपुर बजारको बरगाछीमा आर्थिक बिकासका लागि महिलाहरुको सिप अनिवार्य भन्ने नाराका साथ आज भव्य रुपले दिवस मनाएका छन ।
आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ल्याउने उश्यले ग्रामिण तथा शहरी महिलाहरुको जीवनस्तरमा सुधार र उनिहरुको व्यावहारिक रुपान्तरणका लागि हरेक वर्ष मार्च ८ ता अर्थात फागुन २४ गते लाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउदै आएकोछ ।
यो मार्च ८ तारिक फागुन २४ गते, नेपालको शहरी क्षेत्रमा मात्र सिमित रहेकाले ग्रामिण क्षेत्रका श्रमिक महिलाहरुले महिला अधिकार र महिला श्रमिक दिवस भन्ने सुनेकै पनि थिएनन् ।
बेलका नगरपालिकाको सहयोगमा मेलमिलाप तथा महिला बहुउश्यसिय सहकारी संस्था लि र ओरेक नेपालको आयोजनामा आज रामपुरमा भव्य कार्याक्रम भएको थियो ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्याक्रममा उपस्थित महिला सहभागिहरुले महिला हिसा अन्त्य गर, छोरा छारी दुबै बराबरी,बाल विवाह रोकिनु पर्छ महिला ससक्तिकरणलाई प्राथमिक्तामा राखौं,श्रमको बिभेद अन्त्य गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर महिलाहरुले बेलका नगरपालिका वडा नम्वर ९ रामपुर बजार परिक्रमा गरि बरगाछीमा भेला भएका थिए ।
अका प्रमुख अतिथि तथा बेलका नगरपालिकाकी उप मेयर राजकुमारी चौधरीले महिला सभालाई सम्वोधन गर्दै, अहिले महिलाहरु माथि हुने बिभेदकारी नितिको अन्त्य र मम्मान अधिकार सम्मान श्रमको ज्याला पाउनु पर्छ भन्दै महिला र्हिसाको अव अन्त्य हुनुपर्छ भन्नु भयो ।
अहिले गणतान्त्रिक संघीय नेपाल भई सक्ता पनि राजनीतिमा महिलाहरुको पौच नपुग्नु दु खद कुरा भएको भन्दै, राज्यले महिला माथि हेर्ने गरेको बिभेदकारी दृष्टीको अव बदलिनु पर्छ भन्नु भयो ।
कार्याक्रममा असित तामाङ, बिमला मगर,टेम्पु चालक रनजन साह, गुन्जन साह, चटपटे बेच्ने, मैना बि क, पर्वता थापा, टिट्टी कुटेर गुजरा गर्ने श्रमिकहरुलाई सम्मान समेत गरिएको थियो ।
Post a Comment