Websoft University

खेलमा धनपानथान–२ को पैचा क्लबले विजयी शूरुवात गरेको छ


विराटनग,चैत ९ गते । रातो तारा डट कम, धनपानथान गाउँपालिका–४ सिमराहामा संकटमोचन प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा सुरु भएको छ । हिजो भएको उद्घाटन खेलमा धनपानथान–२ को पैचा क्लबले विजयी शूरुवात गरेको छ ।

जवाफमा १ सय ४१ रनको लक्ष्य पछ्याएको पैचाले १४ ओभर १ बलमा ५ विकेटको क्षतीमा लक्ष्य भट्टाएको थियो । जसमा विशाल मण्डलले ३८ रन जोडे ।

यस अघि टस जीतेर ब्याटीङ गरेको कदमाहाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको छ । पैचाका विशाल मण्डलले ३ विकेट लिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भएका छन् ।

स्थानीय जनकल्याण विकास समाजद्वारा आयोजित क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागीता रहेको आयोजकका अध्यक्ष श्रीराम चौधरीले जानकारी दिए । खेलमा विजेताले ५५ हजार नगद र उप–विजेतालाई ३१ हजार ५ सय नगद राशीको पुरस्कार प्रदान गरिने छ । यसैगरी म्यान अफ द सिरिजले १ ग्राम सुन पाउनेछन् ।

अर्को खेल शनिबार विहान १० बजेदेखि रंजनी र कटहरी तथा दिउँसो २ बजे बवियाविर्ता र कालाबन्जरबीच हुने आयोजकका दिलिपकुमार महतोले जानकारी दिए ।

क्रिकेट प्रतियोगिताको सांसद एवं पूर्व मन्त्री शिवकुमार मण्डलले उद्घाटन गर्दै गाउँ–गाउँमा क्रिकेट प्रतियोगिता आयोजना हुदाँ संभावित राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । उनले क्रिकेट ब्याटीङ गर्दै खेलको उद्घाटन गरेका थिए।

प्रतियोगितामा कटहरी, धनपालथान गाउँपालिका एवं रंगेली नगरपालिका र विराटनगर महानगरपालिकाका १६ वटा टिमको सहभागिता रहेको छ । जनकल्याण विकास समाजले हंश बाहिनी आधारभूत विद्यालयमा आयोजना गरेको प्रतियोगितामा दुई लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । 

आयोजक समितिका अध्यक्ष श्रीराम चौधरीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार र दोस्रो हुनेले ३१ हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नेछन् । उनका अनुसार म्यान अफ दी सिरिजलाई एक ग्राम सुन पुरस्कार प्रदान गरिने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.