Websoft University

त्रियुगा बिमान स्थलको जग्गा धमाधम व्याक्तिहरुले कब्जा गर्दै

श्याम राई-उदयपुर,गाईघाट,चैत्र ८ गते । रातो तारा डट कम,त्रियुगा विमान स्थलको नाममा रहेको महङ्गो मूल्यको जग्गा व्यक्ति विशेषले कब्जामा लिएर धमाधम भवन निर्माण गर्न थालेकाछन् । उदयपुरको त्रियुगा नगरपालिका वडा न. १२ स्थित पुरानो गाईघाटमा रहेको विमान स्थलको ३ विगाहा भन्दा बढी जमिन कब्जामा लिएर स्थानीयहरुले भवन, टहरा निर्माण गरेका छन् ।

विमान स्थलको जग्गामा अहिले ४३ वटा घर,टहरा निर्माण भैसकेको छ, र अन्य व्यक्तिले जग्गा घेरेर निर्माण गर्न लागेकाछन् । स्थानीय सिताराम पंजियारले बताए । वि.स.२०३१ सालमै तत्कालिन जिविस सभापति स्व.चक्र वहादुर बस्नेतले ऐलानी जग्गा विमान स्थलको नाममा दर्ता गरि विमान स्थल निर्माणको सिलन्यास समेत गरेका थिए । पछि सोही ठाउँमा नै दुई पटक शिलन्यासगरि विमान स्थल बनाउन पटकपटक रकम आएको थियो ।

तर प्राविधिक कारणले उक्त ठाउँमा विमान स्थल नबने भएपछि गाईघाट कै उत्तरी देउरी हुँदै अहिले जोगिदह क्षेत्रमा विमान स्थल बनाउन लागिएको छ । विमान स्थल अन्यत्रै बन्न लागेपछि त्रियुगा विमान स्थलको नाममा रहेको जग्गा मध्ये केही विगाहा जग्गा दलिय सहमतिमा बजार व्यवस्थापन,था?हट रंगशाला र मदन भण्डारी अतिथी सदन निर्माणको लागि नगरपालिकाले दिएको थियो ।

विमान स्थलको नाममा अझै पनि ६ विगाहा भन्दा बढी जग्गा रहेको छ । उक्त जग्गा मध्ये ३ विगाहा भन्दा बढी जग्गा अतिक्रमणगरि व्यक्ति विशेषले भवन लगायता पक्कि संरचना बनाईसकेका छन् । विमान स्थलको जग्गा खुलेआम व्यक्ति विशेषले कब्जा गर्दा पनि कुनै राजनीतिक दल, स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले कुनै चासो देखाएको छैन ।

कतिपय सार्वजनिक कार्यक्रममा विमान स्थलको जग्गा कब्जा बारे प्रश्न उठ्ने गरेको छ । तर जिम्मेवार निकायबाट त्यस बारे कुनै जवाफ आउने गरेको छैन । स्थानीय समाजसेवी दुर्गा रोकाले भने, सबैको मिलिमतोबाट व्यक्ति विशेषले जग्गा कब्जा गरेको अनुमान गर्न थालिएको छ । महिला राजनीतिककर्मी एंव समाजसेवी देवि माया कटुवाल जन प्रतिनिधिकै बदमाशीले विमान स्थलको नामको जग्गा व्यक्ति विशेषले कब्जा गरेको बताईन् । सबैको मिलिमतोबाट बदमासी भएको छ । नगरपालिकाका मेयर लगायत सबैको सहयोगमा जग्गा अतिक्रमण भएको छ, उनले बताईन् । मेयरको सहयोगमा भएको उक्त काममा स्थानीय प्रहरी प्रशासनले समेत
सहयोग गरेका हुन् । विमान स्थलको जग्गामा दिनहु भवन निर्माण भैरहेका समेत कसैले वास्था गरेको छैन । नगरपालिकामा जग्गा कब्जा बारे कैयो पटक मौखिक तथा लिखित उजुरी गरे । तर कुनै सुनवाई भएन्, कटुवालले भनिन् । उनले बसपार्कको जग्गा व्यक्ति विशेषले दर्तागरि खान खोज्दा त्यसको विरोधमा लामो समयसम्म कानुनी लडाई लडेर व्यक्ति विशेषलाई खान नदिएको बताईन् ।‘ अब फेरी पनि विमान स्थलको जग्गा फिर्ता ल्याउन कानूनी लडाई लड्छु, देविमाया ले भनिन्।.अतिक्रमित जगगा अहिलेको मूल्य अनुसार १२ करोड भन्दा बढी पर्ने उनले बताईन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले विमान स्थलको जग्गा व्यक्ति विशेषले कब्जागरि घर, टहरा निर्माण गरेको बारे अनभिज्ञता प्रकट गरे । त्यस बारे मलाई कुनै जानकारी छैन । कसैले लिखित मौखिक उजुरी गरेको छैन,’ उनले भने, के भएको रहेछ त्यस बारे बुझने छु । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले स्थानीय चौधरी समुदायले विमान स्थलको लागि दिएको जग्गामा पुःन बसोबास थालेको बताए ।

अब विमान स्थल नबने भएपछि उनीह?ले आफूले दिएको जग्गा फिर्ता लिन थालेका हुन्, र आफनो जग्गामा घर बनाएका हुन् ।’ मेयर चौधरीले बताए । स्थानीयले विमान स्थलको नामबाट आफनो नाममा जग्गा ल्याउन कानूनी लडाई गरिरहेको समेत उनले बताए,‘ कसैले जग्गा कब्जा गरेको छैन । आ–आफ्नो जग्गामा भवन बनाउन थालेका हुन्,’उनले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.