
बिराटनगर, चैत्र १० गते । रातो तारा डट कम, हिजो लहान। ८ जना घाइते हुनेगरी भएको बम विस्फोटको विरोधमा आज बन्दको आह्वान गरिएकाले लहान बन्दले जनजीवन प्रभावित भएको छ ।
शुक्रबार लहान–७ स्थित विकास ट्रेडर्समा गराइएको बम विस्फोट घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ, लहानले बन्द आह्वान गरेको हो ।
बन्दका कारण बिहानैदेखि सवारी साधन नचल्दा यहाँको जनजीवन प्रभावित भएको छ । अत्यावश्यकीय दमकल, खानेपानीका ट्यांकरलगायत सवारी साधन चले पनि सार्वजनिक तथा निजी सवारी न्यून चलेका छैनन् ।
लहानमा पछिल्ला दिनमा व्यापारी लक्षित विस्फोटका घटना बढेका छन् । गत मंसिर २८ यता मात्रै व्यापारी निशाना गरेर ३ वटा विस्फोटका घटना भएका छन् । असुरक्षा बढिरहेका बेला व्यापारीहरुले सुरक्षाको माग गर्दै लहान बन्द गराएका छन् ।
Post a Comment