Websoft University

लायन्स साँस्कृतिक झाकिसहितको वृहत प्रभातफेरी


विराटनगर, चैत ८ गते । रातो तारा डट कम,
लायन्स क्लबको छैठौ जिल्ला सम्मेलन विराटनगरमा हुने भएको छ ।
क्लबले विराटनगरमा आज पत्रकार सम्मेलन गरी यही शनिबार विराटनगरको वीरेन्द्र सभा गृह हलमा हुने जानकारी दिएको हो ।

अधिवेशन सम्पन्न गर्न लायन्स क्लब अफ विराटनगर युनाईटेडका अध्यक्ष मोहनकुमार सुवेदीको अध्यक्षमा ७१ समिति गठन भएको छ । सम्मेलनमा डिष्ट्रिक ३२५ ए वानका करिब एक हजार दुई सय लायन्स सदस्यहरुको उपस्थीति रहनेछ । उक्त सम्मेनलमा भारत र नेपालका ३ वटा डिष्ट्रिक गभर्नहरुको सहभागित रहनेछ । 

सम्मेलनको उद्घाटन हुनुभन्दा अगाडी विभिन्न साँस्कृतिक झाकिसहितको वृहत प्रभातफेरी आयोजना गर्ने तयारी रहेको आयोजक समितिका संयोजक सुवेदीले जानकारी दिए । स्थानिय महेन्द्र चौकबाट सुरु भएको प्रभात फेरीले महानगर क्षेत्रमा परिक्रामा गरी सभाहलमा पुगरे सम्मेलनको उद्घाटन हुनेछ ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने सात जना व्यक्तिहरु सम्मानित समेत हुने भएका छन् । यस सम्मेलनको उद्घाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले गर्नेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.