Websoft University

रंगेली बस पार्क सडकमै


रबिन्द्र बराल-रंगेली ,माेरङ,चैत्र ७  गते । रातो तारा डट कम,
माेरङकाे रंगेली नगरपालिका ७ मा अबस्थित रंगेली बस पार्क २४ घण्टा सडक कै किनारमा राख्न बाध्य  रहेका छन । २०३६ साल देखि रंगेली बिराटनगर सडकमा सर्बजनिक यातायातका  सबारी साधन हरु  गुडन थालेका हुन ।

रंगेलीबाट अमरदह,दाेमाना,वबियाबिर्ता,कल्याण  कहिपुर,सिक्टि,बाहुनी, लागायतका स्थानहरुमा सबारी संन्चाल हुने गरेको छ । हाल रंगेलीबाट  ५० अाेटा  सावर्जनिक यातायात संन्चालन भईरहेकाे छ । बिगतका दिन हरुमा उक्त बसपार्क जसाे तसाे संन्चालमा अाएता पनि  एक बर्ष अगाडि देखि उक्त बसपार्क नयाँ  बनाउने याेजना भए संगै अहिले रंगेली बिराटनगरमा संन्चालन हुने सार्वजनिक यातायात का साधन हरु समयमै निर्माण सम्पन्न नहुदा  सडक किनारमा राख्न बाध्य रहेकाे बस का चालक हरु बताउछन् ।

अहिले सडकाे किनारमा  बस,टेम्पु,सिटि रिक्सा हरु राख्न बाध्य  भएका छन  ।  ग्रामीण भेगमा संन्चालन हुने यातायातका अध्यक्ष प्रमाेद चक्रबतिले भने  सडकमा यातायात राख्दा दुर्घटनाकाे जाेखिम बडी हुने गरेको उनले बताए । केही महिना अगाडि नयाँ बसपार्क धमाधम बनाई  रहेका  थिए ।

अहिले अाएर के कति कारणले काम राेकिएकाे हाे ठेक्के दारकाे कमजोरी हाे या नगरपालिकाकाे हाे  अाफुहरुलाई केही थाहा नभएकाे समेत बताए । साेहि  बसपार्क छाेउछाउमा बिगत ३५ साल देखि साे बसपार्ककाे अासपासमा अहिले पनि ४० घर   बसाेवास गर्दे अाएका छन ।

 बिष्णु पुरी भन्छन नगरपालिका ले बसपार्क निर्माण अहिलेसम्म सम्पन्न नगरेको र बसपार्कमा रहेको सटर हरु बनाएता पनि नगरपालिका ले पहिले देखि बसेका सर्बसाधारण हरुलाई अन्त भन्दा सस्तो मुल्यमा दिने सहमति भएता पनि अहिलेसम्म कुनै पनि चासो नदेखाएको र बसपार्क वरिपरि रहेको घरटहरा हरु हटाउन मात्रै बारम्बार परिपत्र गर्ने तर यहाँका सुकुम बासिहरुलाई अन्यत्र बसाेबासकाे स्थान दिनुपर्ने समेत बताए ।

 वसपार्क निर्माण सम्पन्न नभई कन अाफु हरुलाई यहाँ बाट चाडै घर टहरा हटाउनु भन्दै परिपत्र गरेको तर बसपार्क काे काममा  ढिला सुस्ति गरेको  अाराेप समेत लगाएका छन । याता रंगेली ट्रााफिक कार्यलय रंगेली का प्रहरी ईन्चार्ज प्रहरी हवलदार अाेम प्रसाद दियाली ले भने बसपार्क समयमै  न बन्दा अाफुहरु लाई ट्रााफिक ब्यवस्थापन गर्ने  समेत समस्या परेकाे बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.