मोहन कुमार राई-संखुवासभा चैत्र ८ गते । रातो तारा डट कम, संखुवासभामा यस वर्षको क्भ्भ् परीक्षा शान्तिपूर्ण रूपमा जिल्लाको सबै परीक्षा केन्द्रमा पहिलो दिनको अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ ।
जिल्लाको हिमालय मावि हेदाङना, सगरमाथा मावि ताम्कु, जनता मावि चन्दनपुर, महेन्द्र मावि मानेभञ्ज्याङ, हिमालय मावि खाँदवारी, वागेश्वरी मावि ढुंगेधारा, जनज्योति मावि धुपु, वाना मावि वाना, जलजला मावि विहिवारे, सरस्वती मावि चैनपुर, शारदा मावि पोखरी, मादी मावि मादी, नारायण मावि मादी, महेन्द्रज्योती मावि पुपाङ्ग, रामेश्वर मावि माम्लिङ्ग गरी १५ वटा परीक्षा केन्द्रहरूमा एसईई परीक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय संखुवासभाले जनाएको छ ।
सञ्चालित एसईई परीक्षामा यो वर्ष नियमित र एकजाम्टेट गरी जम्मा २ हजार ५ सय ८४ जना मध्ये ८० जना परीक्षार्थीहरू सो परीक्षामा अयोग्य ठहरी सामेल हुन सकेनन् । कुल परीक्षार्थी मध्ये २ हजार ४ सय ७६ ले परीक्षा दिएका छन् ।नियमित तर्फ २ हजार ४ सय ३८ मध्ये १ हजार १सय २० जना छात्र र १ हजार ३ सय छात्रा ले परीक्षा दिएका छन् ।
नियमित तर्फ छात्र ८ र छात्रा ८ गरी जम्मा १६ जना अनुपस्थित रहेका थिए । यसै गरी एक्जाम्टेट तर्फ ३८ जानाले परीक्षा दिएका थिए भने ७ छात्र र ६ छात्रा अनुपस्थित रहेका जिल्ला शिक्षा अधिकारी चेत कुमार पोख्रेलले जानकारी दिनुभयो ।
जिल्लाभरी सामुदायीक विद्यालय र खुल्ला विद्यालय का समेत गरि विद्यालयका परीक्षार्थीहरू परीक्षामा सामेल रहेका थिए । यसै गरी जिल्लाका ७ वटा निजि विद्यालयका विद्यार्थीहरू यस वर्षको परीक्षामा सामेल भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
गत वर्षसम्म एकजाम्टेट समुहका परीक्षार्थीहरूले आ–आफ्नो परीक्षा केन्द्रबाट परीक्षा दिने शुविधा भएकोमा यो वर्षबाट सदरमुकाम खाँदवारीमा एकजाम्टेट समूहका विद्यार्थीह?लाई परीक्षामा सामेल गराए सँगै परीक्षार्थीह?ले सास्ती खेप्नु परेको परीक्षार्थी हरूको गुनासो रहेको छ ।
जिल्लाको रामेश्वर मावि , अम्बिका रत्न
मनकामना मावि तुम्लिङ्गटार र महेन्द्रज्योती मावि मानेभञ्ज्याङ्ग विद्यालयमा सञ्चालन भएको प्रविधिक विषयका परीक्षार्थीहरूले समेत यस वर्षको एसईई परीक्षामा सामेल भएका छन् ।
चैनपुर नगरपालिका स्थित सरस्वती मावि चैनपुर परीक्षा केन्द्रमा ७ वटा माविहरूबाट २ सय ७८ जना विद्यार्थीहरू परीक्षामा सम्मिलित रहेको मध्ये छात्रा ! सय ५३ र छात्र १ सय
२५ जना रहेको केन्द्राध्यक्ष गोविन्दमान तामाङले वताउनु
भयो । यसै गरी शारदा मावि पोखरी परीक्षा केन्द्रमा ४ वटा माविका ५४ जना छात्र र ८५ छात्रा गरी जम्मा १ सय ३० परीक्षार्थीहरू सम्मिलित रहेको सहायक केन्द्राध्यक्ष रामेश्वरयोञ्जनले वताउनुभयो । जिल्लाको सबै परीक्षा केन्द्रहरूमा परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Post a Comment