Websoft University

लागुऔषधसहित दुईजना पक्राउ


काठमाडौ,चैत ११ गते । रातो तारा डट कम,लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागूऔषध बेचबिखनमा संलग्न दुईजनालाई पक्राउ गरेकोछ ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका छन् ।

प्राप्त सूचनाका आधारमा ब्यूरोका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको नेतृत्वमा खटिएको विशेष टोलीले उनीहरुलाई लागुऔषधसहित पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटनबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट नर्फिम ७० थान, डाइजापाम ७० थान, फेनरागन ७० थान गरी कूल २१० थान लागुऔषधसहित दुई थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.