शिव भट्टराई - मोरङ, चैत्र ८ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिकाको गछियाको खेल मैदानमा जनचेतनामूलक सडक नाटक "धोका"प्रदर्सन गरियो। यस नाटक एम. सि. सि. नेपाल संस्थागत विकास संञ्जाल ललितपुर को साझेदारीमा HRDON:CDF नेपालद्वारा आयोजना गरिएको हो।
सोहि अवसरमा स्थानीय कलाकारहरुले आफ्नै समाजमा घट्ने घटना जस्तै छोराछोरीले बाबुआमालाई ,प्रेमीले प्रेमिकालाई ,साथिले साथीलाई कसरी धोका दिएको हुन्छ भन्ने कुरा नाटक मार्फत प्रस्तुत गरेका छन्।
अहिलेको समाजमा प्रचलित बेथिति जस्तै लागुप्रदार्थ सेवन
दुर्वेसनि साथै बालबिबाहले गर्दा समाजमा पर्ने असरलाई झलकाउदै सन्देश मुलक सड़क नाटक "धोका" प्रस्तुत गरेका छन्।
सो नाटक स्थानीय कलाकार राम लमसाल,राजेश ढकाल,सुमन सुब्बा,चण्डिका मोहरा,समसेर आलम,फिरोज खान,भीमा ढकाल,राजकुमारी तामांग बिमला पोख्रेल लगायतद्वारा प्रस्तुत गरिएको थियो।
Post a Comment