काठमाण्डौं,फागुन १७ गते । रातो तारा डट कम, पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झण्डै छ दशकपछि दुई तिहाइको सरकार बन्न लागेको बताउनुभएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजारमा आजदेखि शुरु भएको दसौँ पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले विसं २०१५ पछि पहिलोपटक दुई तिहाइ बहुमत प्राप्त सरकार बन्न लागेको बताउँदै अहिले त्यसैको कसरतमा सरकार लागिपरेको बताउनुभयो । अब सरकार दुई तिहाइको बनाउने र समृद्धि, स्थायित्व र समाजवादतर्फ मुलुकलाई लैजान यतिबेला चटारो रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले मुलुकमा एउटै कम्युनिष्ट केन्द्र केही दिन पहिलेको सात बुँदे सहमति र कार्यदलको पछिल्लो प्रतिवेदनले बनिसकेको दाबी गर्दै मधेश केन्द्रित दल पनि सहभागी भएपछि दुई तिहाइको सरकार बन्ने बताउनुभयो ।
उहाँले एक÷दुई दिनमै मधेशवादी दलसहितको सरकारले पूर्णता पाउनेबताउँदै मधेशवादी दलसँग संविधान संशोधनलगायत केही विषयमा सहमति हुन बाँकी रहेको स्पष्ट पार्नुभयो ।
मुलुकवासीले जनमतबाटै कम्युनिष्ट पार्टीलाई जिम्मेवारी दिइसकेको बताउँदै अध्यक्ष दाहालले स्थायित्व विकास र समृद्धिजस्ता जनतासँग गरेका कबुल पूरा गर्ने समय आएको बताउनुभयो ।
उहाँले सामुदायिक रेडियोलाई सरकारले पर्याप्तमात्रामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । (तस्वीर उपलब्ध छ)
Post a Comment