श्याम राई- गाईघाट फागुन २५ गते । रातो तारा डट कम,समाजसेबी मान बहादुर बिष्टले आफनो ८४ औं जन्मदिनको अबसरमा उदयपुरको बेलका नगरपालिका स्थित माद्यामिक बिद्यालय आम्बासी हातामा सरस्वतीको मन्दिर स्थापना गरि दिएका छन् ।
पत्रकार महासंघको पूर्व केन्द्रिय सभापति डा. महेन्द्र बिष्टका पित उनले भौतिक पूर्बाधार कमजोर रहेको उक्त बिद्यालयमा बनाईएको मन्दिर बिहीबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयलाई हस्तानन्तरण गरे ।
“मरेर लानु के छ, हाम्रो प्रयासम बनेको बिद्यालयलाई केही
सहयोग गरू भन्ने उदेश्यले सरस्वती मन्दिर बनाई दिएको हु
समाजसेबी बिष्टले भने, बिद्यायलको भौतिक पूर्वाधार
निर्माणको लागि अभैm सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले
ब्यक्त गरे ।
बिद्यालयले ८४ बर्षीय बिष्ट र उनकी ८१ बर्षीय पत्नी पूर्णमाया
बिष्टलाई सम्मान गरेको थियो । कार्यक्रममा समाजसेवी बिष्टका माईला छोरा पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति महेन्द्रले आगामी दिनमा बिद्यालयको भौतिक पूर्वाधार निर्माण,पुस्तकालय संचालन र जेहेन्दार बिद्यार्थीको लागि छात्रबृति उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।
मंन्दिर हस्तानन्तरण कार्यक्रमको उद्घाटन उदयपुरको क्षेत्र १ का प्रदेशसभा सदस्य बिमल कार्कीले गरे । उनले मानबीय कार्यले समाजमा ठूलो प्रभाब पार्ने हुँदा सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए । “हामीले उहाहरूले गरेको काम बाट पाठ सिक्न जरूरी छ ।
भबिष्यमा पनि सबै बाट यस्तै किमिमको कामको अपेक्षा गर्न सकिने उनले बताए ।
भबिष्यमा पनि सबै बाट यस्तै किमिमको कामको अपेक्षा गर्न सकिने उनले बताए ।
Post a Comment