गाईघाट,चैत्र ९ गते । रातो तारा डट कम, चिकित्सकले असहयोग गरेका कारण जिल्ला अस्पताल उदयपुरमा विगत १६ दिनदेखि गर्भवती महिलाको अप्रेसन (सिएस) सेवा बन्द भएको छ । प्रसुती सेवा लिन दिनहु अस्पताल पुग्ने महिला विरामीहरू सेवा ठप्पले मारमा परेकाछन् ।
अस्पतालमा ६ महिनादेखि प्रसुती तालिम तर्फको विशेषज्ञ डाक्टर नहुदा प्रसुती तालिम प्राप्त काम चलाउ डा. अमित ठाकुरले प्रसुती सेवाको काम गर्दै आएका थिए ।
तर उनले अतिरिक्त समयमा काम गरेको कामको सुविधा
( ईन्सेटिभ) रकम नपाएको भन्दै विदामा बसेकोले अस्पतालमा प्रसुती सेवा ठप्प भएको छ ।
अस्पताल प्रशासनले दिएको जानकारी अनुृसार अतिरिक्त काम गर्ने चिकित्सक र कर्मचारीले गत वर्षदेखि नै ईन्सेटिभ रकम पाएका छैनन् ।‘ यो वर्ष पनि ८ महिनादेखि अतिरीक्त कामको पैसा नपाएकोले स्वास्थ्यकर्मीहरू आन्दोलित बनेकाछन् ।’ प्रशासन फाटका सुब्बा विर्ख खत्रीले बताए ।
अस्पतालमा आउने सबै रकम नगरपालिकामा गएको छ ।अस्पताल र नगरपालिकाबीच समन्वय नहुदा अहिले एक पैसा आएको छैन,।’ खत्रीले भने सुविधा नपाउँदा चिकित्सक र कर्मचारीले काममा असहयोग गरेका हुन् उनले भने ।
चिकित्सक र कर्मचारीले अतिरीक्त काम गरे वापत १५ दिन बराबरको तलब वा पूरै एक महिनाको तलब सुविधा पाउँदै आएका थिए । तर यो वर्ष कसैले पनि सुविधा
नपाएको उनले बताए । अस्पतालमा संचालन भैरहेको अल्ट्रासाउण्ड सेवा समेत कर्मचारीको असहयोगले
चैत्र १ गतेदेखि बन्द भएको छ ।
रेडियोलोजिष्टले पारीश्रामिक नपाएको भन्दै सेवा बन्द गरेर विदामा बसेकोले उक्त सेवा ठप्प भएको हो । अहिले अस्पतालमा प्रसुती गराउन आउनेहरू महङ्गो मूल्य तिरेर जिल्ला बाहिर जाने गरेकाछन् ।
अस्पताल विकास समितिका अध्यक्ष राकेस खत्रीले आर्थिक कारणले गर्दा अस्पतालको सेवा प्रभावित हुन पुगेको बताए । रकमको लागि नगरपालिकासँग छलफल भैरहेको छ । अब दुई चार दिनमै टुङ्गो लाग्ने छ .’ उनले भने । अस्पतालको सेवा सूचारू गर्ने प्रयास भैरहेको छ ।
चिकित्सकह?को असहयोगले एक हप्तादेखि अस्पतालमा बन्द रहेको बहिरङ्ग,सामान्य स्वास्थ्य जाच बुधबारदेखि भने सूचा? भएको अध्यक्ष राकेस खत्रीले बताए ।
वि.स. २०३४ सालमा स्थापित उदयपुर अस्पताल तिन वर्ष अघि २५ शैयाबाट ५० शैयामा परिणत भएको हो । १० जना विशेषज्ञ डाक्टर दरबन्दि रहेको अस्पतालमा अहिले ६ जना चिकित्सक कार्यरत छन् ।
श्याम राई÷उदयपुर
Post a Comment